नेप्सेमा २ अंकको गिरावट


आर्थिकन्यूज

काठमाडौं, असोज २३ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ दशमलव ५९ अंकले घटेर १ हजार २ सय १७ दशमलव ९३ को बिन्दुमा कारोबार बन्द भएको छ ।

यस दिन कुल १ सय ६० कम्पनीको १० लाख १८ हजार ७९ कित्ता शेयर खरिदबिक्री हुँदा ३४ करोड ३२ लाख ९४ हजार ४ सय ३० रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ३३ अंकले घटेर २ सय ५८ दशमलव ४९ अंकमा पुगेर बन्द भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको आज ३ करोड ८५ लाख ३० हजार ९६० रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ६ दशमलव ८१ प्रतिशतले बढेको छ । त्यस्तै ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको ६ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४ दशमलव १८ प्रतिशतले घटेको छ ।

यस दिन अन्य समूह बाहेक सबै समूहहरुमा रातामै छाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया