नेपाल बैंकको दशैं तिहारमा विशेष मुद्दती खाता


आर्थिकन्यूज

काठमाडौं, असोज २३ । नेपाल बैंकले दशैं, तिहार र छठको अवसर पारेर ३ महिने, ६ महिने र १ वर्षे विशेष मुद्दती खाता बजारमा ल्याएको छ ।

बैंकका सबै शाखाबाट न्यूनतम २५ हजार (३ महिने ) न्यूनतम २५ हजार (६ महिने ) र न्यूनतम १० लाख (१ वर्षे) अवधिका यी खाताबाट निक्षेपकर्तालाई क्रमशः ८.५ ,९.५ र १०.५ प्रतिशतसम्म वार्षिक व्याजदर उपलब्ध गराउने बैंकले जनाएको छ ।
बैंकले मुद्दती खाताले सर्वसाधारणको फजुल खर्चमा निरुत्साहित गरी बचततर्फ उत्प्रेरित गर्ने अपेक्षा लिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया