नेपाल बंगलादेश बैंकको दुई शाखा थप


आर्थिकन्यूज

काठमाडौं, असोज २३ । नेपाल बंगलादेश बैंकले दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यस बैंकको नवलपरासीको बुलिङटारस्थित शाखा बैंकका सञ्चालक दीपक कार्की र सल्यानको रामपुरस्थित शाखा बैंकका सञ्चालक मुकुन्दनाथ ढुंगेलले उद्घाटन गर्नुभएको बैंकले जनाएको छ ।

नयाँ शाखासहित बैंकले ८० शाखा, ७ एक्सटेन्सन काउन्टर, ६ शाखारहित घरदैलो बंैकिङ सेवा तथा ५७ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया