जीप दुर्घटनामा २ को मृत्यु, १२ घाइते


आर्थिकन्यूज

काठमाडौं, असोज २३ । बझङ बागथलाबाट बिजगडा जाँदै गरेको जीप बुङ्गल नगरपालिकामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

ठिमीबगर भन्ने ठाउँमा आज बिहान साढे ६ बजे से १ ज ७२६ नम्बरको जीप सडकभन्दा २०० मिटर तल खस्दा २ जनाको मृत्युसँगै १२ जना घाइते भएका हुन् ।

मृत्यु हुनेमा कञ्चनपुर बेदकोट वडा नम्बर ५ बस्ने बर्ष ५६ का धनबहादुर बोहरा र सोही ठाउँका बर्ष ६५ की बिष्ना देवि बोहरा रहेको प्रहरीले जनाएको छ ।

जीपमा सवार गर्दै आएका १४ जना मध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको र जम्मा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रविण धितालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया