लघुवित्त कम्पनीको सूचिमा अर्को लघुवित्त थपियो


आर्थिकन्यूज
ब्याजदर

काठमाडौं, असोज २२ । लघुवित्त कम्पनीहरुमा अर्को नयाँ लघुवित्त वित्तीय संस्था थपिएको छ । नेपाल राष्ट्र बैंकले महिला लघुवित्त वित्तीय संस्थालाई वित्तीय कारोबार गर्ने अनुमति दिए सँगै नयाँ लघुवित्त थपिएको हो ।

असोज २२ गते नेपाल राष्ट्र बैंकबाट घ वर्गको राष्ट्रिय स्तरको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडलाई वित्तीय कारोबार गर्न इजाजतपत्र दिएकोे छ ।

बनेपा नगरपालिका १३, साँगा काभेपलाञ्चोकलाई राष्ट्रियस्तर कार्य क्षेत्र भएको घ वर्गको महिला वित्तिय संस्थाको रुपमा बैंक तथा वित्तीय सम्बन्धी ऐन २०७३ को दफा ४९ को उपदफा ४ तथा यस बैंकबाट जारी निर्देशन एंव शर्तहरुको अधीनमा रहि वित्तीय कारोबर संचालन गर्न सोहि ऐनको दफा ३४ ले दिएको अधिकार प्रयोग गरी इजाजतपत्र प्रदान गरिएको छ ।

नेपाल सरकार उद्योग मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी ऐन २०६३ बमोजिम २०७५ जेठ २४ मा पब्लिस लिमिटेड कम्पनीको रुपमा द.नं. १९११३०/७४/०७५ बाट दर्ता भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया