इन्टारपोलका प्रमुख चीनमा पक्राउ, श्रीमतिको डरलाग्दो म्यासेजका कारण पक्राउः चीन


आर्थिकन्यूज

एजेन्सी, काठमाडौं २२ । केहि दिनदेखि हराइरहेका इन्टरपोलका प्रमुख मेंग हङवेइ चीनमा पक्राउ परेका छन् । उनकी श्रीमतीले उनका श्रीमान हङवेइलाई डरलाग्दो म्यासेज पठाएको भन्दै जीवन रक्षाको माग गरिरहेका थिएन । यसैबेला हङवेइलाई चीन चीनबाट पक्राउ परेका हुन् ।

कर्मचारीहरुले गर्ने भ्रष्टाचारबारे छानबिन गर्दै आइरहेको चीनको सुपरभिजन कमिसनले आफ्नो वेबसाइटमा उनीमाथि अनुसन्धान भइरहेको उल्लेख गरेको छ । चीनको सार्वजनिक सुरक्षा उपमन्त्रीसमेत रहेका हङवेइ गत २५ सेप्टेम्बरमा इन्टरपोलको मुख्यालय फ्रान्सको लियोनबाट हराएका थिए ।

सन् २०१६ को नोभेम्बरमा मेंग इन्टरपोलको अध्यक्ष बन्नुअघि चीनमा सामाजिक सुरक्षा उपमन्त्री बनेका थिए । इन्टरपोलको ९५ वर्षको इतिहासमा अध्यक्ष बन्ने मेंग पहिलो चिनियाँ नागरिक हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया