माग र उत्पादन मेल नखाँदा बजारमा अस्वस्थ प्रतिस्पर्धा छ


आर्थिकन्यूज

काठमाडौं विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङको अध्ययन पूरा गरेर पञ्चकन्या समूहबाट आफ्नो करियर शुरु गरेका केशव पोखरेल अहिले काठमाडौं स्टिल प्रालिका प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् ।

नेपाली इन्जिनियरले स्टिलको क्षेत्रमा काम गर्दैनन् भन्ने भनाइलाई चिर्न उनलाई करिब एक दशक नै लगेको थियो । पञ्चकन्यामा रहँदा उनकै टिमले नेपालमा टीएमटी रड उत्पादन गरेको उनको दाबी छ । नेपालमा स्टिलको क्षेत्रमा जनशक्ति उत्पादनमा पञ्चकन्या समूहलाई नै पहिलो श्रेय जाने पोखरेल बताउँछन् ।

पञ्चकन्याले नेपालमा धेरै इन्जिनियर उत्पादन गरेकाले हाल नेपालमा अधिकांश स्टिल कम्पनीमा यसकै उत्पादनको ८० प्रतिशत जनशक्तिले काम गरिहेको उनको भनाइ छ । यसभन्दा पहिला भारतबाट ल्याइएको औठा छाप इन्जिनियरले एक लाखसम्म तलब खान्थे । त्यस बेला नेपाली इन्जिनियरको तलब ७ हजार मात्रै हुन्थ्यो ।

नेपालको स्टिल उद्योगमा नयाँ–नयाँ प्रविधि भित्र्याएर रमाउन खोज्ने पोखरेल काठमाडौं स्टिलमा नयाँ प्रविधि प्रयोगमा ल्याएर नेपालको स्टिल विश्वस्तरीय बनाउन लागेका छन् । स्टिल उद्योगका प्राविधिक तथा इन्जिनियर केशव पोखरेलसँग नेपालको स्टिल उद्योग र प्रविधिको विषयमा आर्थिकन्यूज डटकमले गरेको कुराकानीः

तपाईको स्टिल उद्योगको यात्रा कुन कम्पनीबाट शुरु गर्नु भएको हो ?
काठमाडौं विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक अध्ययन सकेपछि पञ्यकन्या समूहबाट काम शुरु गरेको थिएँ । त्यहाँ ३/४ वर्ष काम गरेँ । त्यहाँ हुँदा नै हाम्रो टिमले नेपालमा पहिलोपटक टीएमटी स्टिलको अवधारणा विकास गरी पहिलो टीएमटी रड उत्पादन गर्यौं ।

स्टिल उद्योगलाई आवश्यक पर्ने कुनै पनि कच्चा पदार्थ नेपालमा पाइदैन केबल रिसाइकिलिङ गर्ने बाहेक । स्टिल उद्योगले प्रयोग गर्ने रिसाइकिलिङको भाग जम्मा १३ प्रतिशत होला अन्य ८३ प्रतिशत कच्चा पदार्थ सबै विदेशबाट नै ल्याउने हो । नेपालको विद्युत् र केही जनशक्ति बाहेक आन्तरिक रुपमा स्टिल उद्योगले योगदान गर्ने कुनै पनि छैन ।

त्यसपछि म हामा स्टिलका गएँ, त्यसपछि हाम्रो टिम कोही जगदम्बा स्टिल र कोही लक्ष्मी स्टिलतिर लागेपछि हाम्रो टिम अलग भयो । करिब ८ वर्ष हामामा काम गरेपछि म अमेरिका थप अनुसन्धानका लागि गएँ । अमेरिकामा मेरो ५ वर्ष टीएमटी बारमा नै अनुसन्धानबाट मैले केही नयाँ कुरा लिएर नेपाल फर्किए । त्यसबेलामा दक्षिण एसियाबाट टीएमटीमा बारमा अनुसन्धान गर्ने म नै पहिलो व्यक्ति थिएँ ।

अमेरिकामा मैले टीएमटी बारको विषयमा अनुसन्धान गरेर नयाँ फाइडिङ पनि पत्ता लगाएपछि अमेरिकीहरुले यसको बारेमा थप अध्ययन गरे । अमेरिकीहरुले मैले गरेको अनुसन्धानमा अझै पनि अनुसन्धान गर्दैछन् । अमेरिकाबाट फर्केपछि पुनः ७/८ महिना हामा स्टिलमा नै काम गरेँ । हामाले नयाँ प्लान्ट जडान गरेका थियौं त्यसमा केही समस्या थियो ।

उक्त समस्या समाधान नहुन्जेल म त्यहाँ बसे । त्यसपछि अम्बेमा डेढ वर्ष जति काम गरेपछि काठमाडौं स्टिलमा आएको हुँ ।

निर्माणसँग सम्बन्धित सामग्री उत्पादनमा नेपालमा राम्रै लगानी भएको देखिन्छ, कारण के होला ?

यो स्टिल र सिमेन्टमा बाहिरबाट अरुले हेर जस्तो सजिलो र नाफा धेरै हुने उद्योग होइन । अझ सिमेन्टमा ढुवानी खर्चले गर्दा उत्पादन लागत महँगो परिरहेको छ । डन्डीमा पनि बाहिर हेर्दा फलामको व्यापारमा भरमार पैसा कमाएको छ भन्ने देखिन्छ । तर, स्टिलमा लगानीको हिसाबले आम्दानी भने धेरै कम छ ।

बैंकको महँगो ब्याज तिरेर लगानी गरेको हुन्छ, यसले गर्दा लगानीको पहिलो स्टेपदेखि नै महँगो पर्दै जान्छ । लगानी गरेर उद्योग स्थापना गर्यो उत्पादन गरेको सामान बजारमा बेच्दा त्यसको रकम लगानीकर्तासम्म आउन नै कठिन छ । बजार नै सुरक्षित छैन ।

विश्वमा नै स्टिल उद्योगमा ठूलो समस्याको रुपमा रहेको स्टिल फाइनल गुड्स बनाएर मानिसले गर्दा भन्दा ५ सय रुपैयाँ प्रतिटन उत्पादन लागत बचाउने मेसिन मैले निर्माण गरेको छु । यो मेसिन मेरो आफ्नो आविस्कार हो यसको सम्पूर्ण अधिकार ममा नै निहित छ । यो मेसिनलाई नेपालबाट भन्दा पनि विदेशबाट माग धेरै आइरहेको छ ।

बजारमा सामान उधारोमा नबेची सामान बिक्दैन उधारोमा बेच्यो समयमा रकम उठ्दैन । वर्षौसम्म पनि बजारबाट रकम नआउँदा रकम रोलिङ नभएका कारणले लगानी झन महँगो पर्दै गइरहेको छ ।

ठूलो लगानी गरेर उद्योग स्थापना गरेको हुन्छ, उसको लगानी त फसिसकेको छ, त्यहाँबाट बाहिर आउन सक्ने सम्भावना कम बन्दै गइरहेको छ । अहिले नेपालमा उद्योग चलेको भनेको करकापमा मात्र चलिरहेका छन् ।

पुराना त त्यसरी फसे होला तर नयाँ–नयाँ कम्पनीहरु पनि त्यतिकै अइरहेका छन् किन नि ?

निर्माणसँग सम्बन्धित नयाँ उद्योगहरुले भविष्यमा राम्रो होला भनेर लगानी गरेका जस्तो लाग्छ । राष्ट्रिय योजना आयोगको तथ्यांकका आधारमा नेपालमा ठूला जलविद्युत्, रेल, ठूला हाइवे बन्छन् त्यसबेला निर्माण सामाग्रीको माग अत्याधिक होला बजार पाइएला भनेर लगानी गरेका होलान् ।

निर्माण सामग्रीको बजार भनेको सधै भई रहँदैन यसको पनि सीमित समय छ, त्यसबेला मात्र माग हुन्छ । अफ सिजनमा सबैले उत्पादन गरेर राखेका हुन्छन् । सिजनमा सबैले यही बजारमा लगेर बेच्छन् । फेरि सिजन सकिन्छ फेरि बजार ठप्पजस्तै हुन्छ ।

स्टिल उद्योगमा मात्र कति लगानी भएको होला अनुमान गर्न सकिन्छ ?

यस क्षेत्रमा सानो लगानीले स्टिल उद्योग स्थापना हँुदैन त्यसैले लगानी हेर्दा विशाल नै हुन्छ । सबै उद्योगको तथ्यांक निकाल्न त तथ्यांक नै संकलन गर्नपर्ने हुन्छ । तर, सामान्य रुपमा हामीले हिसाब गर्दा पनि एक लाख टन डन्डी उत्पादन गर्ने उद्योगमा २ सयदेखि अढाइ सय करोड लगानी गरेको हुन्छ ।

नेपालमा कति टन स्टिल वार्षिक रुपमा उत्पादन हुन्छ ?

पुराना उद्योगहरुको उत्पादन क्षमता १५ लाख टन हो । अब नयाँ उद्योग पनि धमाधम अइरहेका छन् । सबैको स्टिल उद्योगको जोड्दा २६ लाख टन वार्षिक उत्पादन गर्ने क्षमता हुन्छ । अहिले बजारको माग १४ देखि १६ लाख टन मात्रै रहेको छ । नेपालमा हरेक वर्ष १० देखि १५ प्रतिशतमात्रै बजारको माग वृद्धि भइरहेको हामीले पाएका छौं ।

भूकम्पपछि नेपालमा स्टिल र सिमेन्टको माग धेरै आउने अनुमान थियो । तर, सोचेको जति माग आएन । भूकम्पमा शहरतिर भन्दा पनि गाउँमा धेरै क्षति भएका कारणले गाउँमा डन्डी प्रयोग धेरै नगर्ने भएकाले डण्डीको माग धेरै आएन । तर, सिमेन्टको माग भने डन्डीकोभन्दा बढेको छ ।

राष्ट्रिय योजना आयोगको योजनाअनुसार नेपालमा काम हुँदै जाने हो भने सबै उद्योग राम्रोसँग चल्ने अवस्था हुन्छ । नयाँ योजना समयमा नआउने हो भने नयाँ स्टिल उद्योगहरु ४० प्रतिशतभन्दा बढी क्षमतामा चल्न सक्ने अवस्थामा रहँदैनन् ।

अहिले स्टिल कम्पनीहरुको उत्पादन खेर जाने अवस्था रहेछ, कम्पनी कसरी चलिरहेका होलान् ?

बजारको माग र उत्पादन मेल नखाँदा बजारमा अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ । यसले गर्दा बजारमा मागभन्दा धेरै सामान पठाउने र मूल्यमा पनि राजनीति गर्ने गरेका छन् ।

आफ्नो लगानीको ब्याज हिसाब गर्ने र स्टिल उत्पादकले एक वर्षपछिको ब्याजसँग अहिले सामानमा कम मूल्यमा पठाउँदाको हिसाब गरेर ब्याजमात्र कभर गर्न भए पनि अहिले नै कम मूल्यमा सामान बजारमा अधिक पठाउने चलन रहेको छ । नाफा गर्ने होइन घाटा कम गर्नलाई कम्पनीहरुले यस्तो गर्न बाध्य भइरहेका छन् ।

स्टिल उद्योगमा आवश्यक पर्ने सम्पूर्ण कच्चा पदार्थदेखि जनशक्तिसमेत बाहिरबाट ल्याएर उद्योग सञ्चालन गर्दा देशलाई के फाइदा होला ?

स्टिल उद्योगलाई आवश्यक पर्ने कुनै पनि कच्चा पदार्थ नेपालमा पाइदैन केबल रिसाइकिलिङ गर्ने बाहेक । स्टिल उद्योगले प्रयोग गर्ने रिसाइकिलिङको भाग जम्मा १३ प्रतिशत होला अन्य ८३ प्रतिशत कच्चा पदार्थ सबै विदेशबाट नै ल्याउने हो । नेपालको विद्युत् र केही जनशक्ति बाहेक आन्तरिक रुपमा स्टिल उद्योगले योगदान गर्ने कुनै पनि छैन ।

उत्पादन भएपछि भनेको निर्माण क्षेत्रमा आवश्यक पर्ने सामग्री नेपाली भन्ने मात्र हो । नेपालमा भएका फलाम खानी उत्खनन् गर्न आवश्यक पर्ने कोइला नेपालमा पाइदैन । भारतमा समेत यो खालको कोइला पाइदैन । भारतले समेत विदेशबाट ल्याउँछ । अब कोइला पनि विदेशबाटै ल्याएर भए पनि ल्याएर नेपालकै खानी उत्खनन् गरौ न त भन्दा कोइला ल्याउँदा लाग्ने ढुवानी खर्च नै हामी धान्न सक्दैनौं । हामी कहाँ पनि रेलमार्ग निर्माण भएको खण्डमा भने यो सम्भाव हुनसक्छ ।

नेपालमा उत्पादन भइरहेका स्टिल प्राविधिक रुपमा कति भरपर्दो छ ?

स्टिल कम्पनीमा हामी विश्वका कुनै पनि देशसँग प्रतिस्पर्धा गर्न सक्छौं । नेपालमा स्टिल उद्योगमा काम गर्ने जनशक्ति पनि विश्वभरीका प्राविधिसँग प्रतिस्पर्धा गर्न सक्ने भइसकेका छन् ।

संख्यामा कम होला तर कम भए पनि क्षमतामा भने अन्य देशको भन्दा कम भने छैनौं । नेपालमा नै काठमाडौं स्टिलले विश्वकै नयाँ प्रविधि प्रयोग गरेर स्टिल उत्पादनको क्षमतालाई बढाइरहेको छ । यो हामीले गर्व पनि गर्नुपर्छ । तर, राज्यले यो प्रविधिलाई कसरी लिएको छ त्यो मलाई थाहा छैन । विश्वमा नै स्टिल उद्योगमा ठूलो समस्याको रुपमा रहेको स्टिल फाइनल गुड्स बनाएर मानिसले गर्दा भन्दा ५ सय रुपैयाँ प्रतिटन उत्पादन लागत बचाउने मेसिन मैले निर्माण गरेको छु ।

१२० जना मानिसले गर्ने म्यानुअल काम त्यो रिवायर प्याकेजिङ मेसिनले गर्छ । यसबाट बजारमा सामान समयमा जाने र सामानको लोड र फोल्डिङ गर्दा मानवीय जोखिम हुन्थे यो हामीले बचाएका छौं । यस्तो जोखिमयुक्त काम गर्ने जनशक्ति नेपालमा पाइँदैन । त्यो विदेशबाट नै ल्याउनपर्ने हुन्थ्यो । यसबाट हामीले नेपालबाट वर्षेनी लाखांै रुपैयाँ विदेशी गरेको रकम पनि बचत गरेका छौं । नेपालमा हामीबाहेक अन्य कम्पनीले पनि यो मेसिनको महत्व बुझेका छन् ।

सबैको स्टिल उद्योगको जोड्दा २६ लाख टन वार्षिक उत्पादन गर्ने क्षमता हुन्छ । अहिले बजारको माग १४ देखि १६ लाख टन मात्रै रहेको छ । नेपालमा हरेक वर्ष १० देखि १५ प्रतिशतमात्रै बजारको माग वृद्धि भइरहेको हामीले पाएका छौं ।

यो मेसिन मेरो आफ्नो आविस्कार हो यसको सम्पूर्ण अधिकार ममा नै निहित छ । यो मेसिनलाई नेपालबाट भन्दा पनि विदेशबाट माग धेरै आइरहेको छ ।

नेपालमा उत्पादन भइरहेका स्टिल कम्पनीमा कुन कम्पनीको उत्पादन राम्रो हो भन्ने आमउपभोक्ताले कसरी थाहा पाउने ?
स्टिलको गुणस्तर भनेको उसले प्रयोग गर्ने कच्चा पदार्थ नै हो । स्टिल उद्योगले कस्तो र कुन गुणस्तरको कच्चा पदार्थ ल्याएर प्रयोग गरेको छ त्यसमा भर पर्छ । कच्चा पदार्थमा पनि विभिन्न क्यामिस्ट्री भएका हुन्छन् । जसले स्टिलमा आवश्यक पर्ने क्यामिस्ट्री भएको कच्चा पदार्थ ल्याएर डन्डी उत्पादन गर्छ, त्यसले डन्डीको ८० प्रतिशत गुणस्तर राम्रो वा नराम्रो भन्नेमा भर पर्छ ।

अब कुन कम्पनीले कस्तो क्यामिस्ट्री भएको कच्चा पदार्थ ल्याएको छ भनेर कसरी थाहा पाउने त ?

यसको गुणस्तर हेर्ने नेपालमा सरकारी निकाय पनि छ । अर्को हामीले स्टिल कम्पनीले भन्सारबाट कच्चा पदार्थ ल्याउँदा भर्ने गरेको प्रज्ञापन पत्रबाट पनि यो क्यामिस्ट्री भए नभएको पत्ता लगाउन सकिन्छ । अब बाँकी २० प्रतिशत भनेको विद्युत्को भार र काम गर्ने जनशक्ति त्यो स्टिल कम्पनीमा कस्तो छ भन्नेले पनि गुणस्तर मापनको निर्धारण गर्छ ।

विदेशबाट ल्याउने कच्चा पदार्थ जस्तोसुकै ल्याए पनि विद्युत्को भोल्टेज कसैको बसको विषय होइन त्यसमा गडबडी भएमा पनि स्टिलको गुणस्तर खस्किन्छ । नेपालमा विद्युत्को आपूर्ति समान नभएकाले विद्युत्को भोल्टेजको फलक्चुएसनले पनि स्टिलको गुणस्तरमा असर पर्छ । नेपालको विद्युत् आपूर्तिमा १३२ केभीको लाइनमा १०८ पनि आउँछ थोरै समयको अन्तरालमा १३२, १२२ पनि आउँछ । अब यो भोल्टेजको फलक्चुएसन लामो समयमा भइरहन्छ भने केही पनि फरक पर्दैन । तर, छोटो समयमा भोल्टेजको फलक्चुएसन भइरह्यो भने स्टिलको गुणस्तरमा फरक पार्छ ।

१०/१५ सेकेन्डको फरकमा भोल्टेजमा यस्तो फलक्चुएसन आइरह्यो भने स्टिलको गुणस्तरमा ८० प्रतिशतको गुणस्तरीय कच्चा पदार्थलाई २० प्रतिशतले सखाप पारिदिन्छ । हामी कहाँ एउटा स्याम्पल लगेर त्यसको आधारमा कस्तो गुणस्तरको भनेर भन्न सकिने अवस्था यो स्टिल कम्पनीमा हुँदैन किन कि विद्युत् सप्लाईमा सेकन्डको मात्र फरकमा गुणस्तर फरक हुने भएकाले एक सेकन्ड अघिपछिको गुणस्तर फरक आउन सक्छ ।

भोल्टेजको फलक्चुएसन तपाईंले भन्नु भएको जस्तै भयो भने स्टिलको गुणस्तरमा कस्तो असर पार्छ ?

सामान्यरूपमा हेर्दा यसले कुनै पनि फरक पर्दैन । नेपालमा बन्ने घरका डिजाइन ४१५ मा बनाइने गरेका छन् । स्टिल कम्पनीले ४१५ ग्रेडमा राखेर डन्डी उत्पादन गरिहेको छ भने यसमा ५०० सम्म पुग्दा र ४१५ सम्म आउँदासम्म कुनै पनि फरक पर्दैन । ५५० भन्दा माथि गयो भने चाहिँ डन्डी भाँचिने खतरा हुन्छ ।

नेपालमा विद्युत्को सप्लाइ बढ्नेभन्दा पनि बढी घट्ने हुनाले डन्डीको प्रयोगमा कुनै पनि असर गर्दैन ।

काठमाडौं स्टिलको उत्पादन अन्य स्टिलभन्दा केमा फरक छ ?

काठमाडौं स्टिलको उत्पादनमा एक अर्कामा जोड्ने विधि फरक भएको डन्डी पाइन्छ । त्यो अन्य कम्पनीको उत्पादनमा पाइदैन । काठमाडौं स्टिलको डन्डी जसले खरिद गर्नुहुन्छ उहाँहरुले डन्डी एक आपसमा खप्टिदा लाग्ने अनावश्यक डण्डीको मात्रा बचत हुन्छ र नखप्टाएरै ढलान गर्न सकिने भएकाले बलियो पनि हुन्छ ।

अन्य प्रविधिबाट खप्टिएर डन्डी जोडिएको भन्दा स्क्रुवाला ज्वाइनिङ ४०० गुणा बलियो हुने हामी दाबी गछौं । उही खर्चमा काठमाडौं स्टिलबाट उत्पादन भएको डन्डी उपभोक्ताले पाउने प्रविधि हामीले ल्याएका छौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया