अनलाईन शेयर कारोबार गर्न हरेक ब्रोकरलाई छुट्टाछुट्टै वेबलिंक


आर्थिकन्यूज

काठमाडौं, असोज ४ । नेपाल स्टक एक्चेन्जले मोक ट्रेडिङ्ग (अनलाईन शेयर कारेबार)को लागि हरेक ब्रोकरलाई छुट्टाछुट्टै वेबलिंक (वेबसाइट) दिएको छ।

मंगलबार देखि सञ्चालनमा ल्याएको मोक ट्रेडिङ्गमा लगानीकर्ताहरुको वेबसाइटमा अधिक समस्या आएको गुनासो गरेपछि हरेक ब्रोकरलाई छुट्टाछुट्टै वेबसाइट प्रदान गरेको हो ।

लगानीकर्ताले आफू आबद्ध ब्रोकर कम्पनीको युआरएल मार्फत आफ्नो युजर र पासवर्ड प्रयोग गरी लगईन गर्न सकिन्छ । लगईन भइसकेपछि मोक ट्रेडिङ्गमा सहभागि भएर शेयर कारेबार गर्न सक्नेछन् ।

मोक ट्रेडिङ्ग गर्दा लगानीकर्ताले आफैँले खरिद बिक्री अर्डर दिन सकिन्छ । लगानीकर्ताले आफ्नो अर्डर सच्याउनुका साथै अर्डर र ट्रेड बुक हेर्न समेत पाउने व्यवस्था राखेको छ ।

आगामी दुई महिनाभित्र शेयर कारोबारमा पूर्णस्वचालित अनलाईन प्रणाली कार्यन्वयनमा ल्याउने तयारी सहित नेप्सेले मोक ट्रेडिङ्ग सुरु गरेको जनाइएको छ ।

यी हुन् ५० वटा ब्रोकरलार्इ प्रदान गरिएको वेबसाइट लिंक

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया