कर असुलीमा कसैले औंला ठड्याउन नपर्ने गरी काम गर्न निर्देशन्


आर्थिकन्यूज

काठमाडौं, असोज १ । अर्थमन्त्री डा. युवराज खतिवडाले कर असुलीमा कसैले औंला ठड्याउन नपर्ने गरी काम गर्न कर प्रशासनका कर्मचारीहरुलाई सचेत गराएका छन् । अर्थमन्त्री खतिवडाले कर प्रशासनका कर्मचारीलाई निष्ठापूर्वक काम गर्न निर्देशन दिएका छन् ।

सोमबार काठमाडौंको बबरमहलमा स्थापना गरिएको मध्यम स्तरीय करदाता कार्यालयको उद्घाटन गर्दै उनले कर दातालाई कर तिर्न जाउँजाउँ लाग्ने वातावरण बनाउन पनि करदाता कार्यालयहरुलाई आग्रह गरे । अर्थमन्त्री खतिवडाले कर प्रणालीलाई लगानीमैत्री बनाएर करको दायरा बढाउन सरकार सजग र सचेत रहेको पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले सबै व्यवसायिक संघ, संस्थाहरुलाई करको दायरामा ल्याउन कर कार्यालयहरुको स्थापनामा सरकारले जोड दिएको पनि स्पष्ट पारे । मन्त्रीपरिषद्को गत असार २० गतेको निर्णय अनुसार सरकारले मध्यम स्तरीय करदाता कार्यालय स्थापना गर्न सुरु गरेको हो ।

२५ देखि ८० करोडसम्म कारोबार गर्ने व्यवसायीहरुको कर असुली गर्ने अधिकार मध्यमस्तरीय करदाता कार्यालयलाई दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया