अपार्टमेन्ट नचलेपछि सुन्धाराको सिभिल होम्समा अब पाँचतारे होटल, अपार्टमेन्टको संरचना धमाधम होटलमा परिणत


आर्थिकन्यूज
सिभिल होम्सको सुन्धारमा होटल संरचनामा परिणत गर्दै गरेको अपार्टमेन्ट । तस्बिरः आर्थिक न्युज ।

काठमाडौं, भदौ ३० । घरजग्गा व्यवसायी इच्छाराज तामाङको सुन्धारमा निर्माण भएको सिभिल होम्स अब पाँचतारे होटल हुने भएको छ । आवासीय अपार्टमेन्टका लागि निर्माण गरिएको ११ तले यो भवनलाई होटल बनाउन सिभिल होम्सले पर्यटन मन्त्रालयमा निवेदन दिइसकेको छ ।

सिभिलले अपार्टमेन्टलाई मासेर होटल बनाउन आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको उल्लेख छ ।यो अपार्टमेन्ट होटलमा परिणत हुने भएपनि ११ तले या भवनमा अब ३ सय वटा भन्दा बढी कोठाको र आधुनिक सुविधासम्पन्न पाँचतारे होटल बन्ने भएको छ ।

सुविधासम्पन्न होटल बनाउने आवश्यक प्रक्रिया अगाडि सारिएको सिभल ग्रुपका एक सदस्यले जानकारी दिएका छन् ।सिभिल होम्सका अरु संरचानालाई अपार्टमेन्टमै चलाउने र सुन्धारको एक अपार्टमेन्टलाई मात्रै होटल संचालन गर्ने गरी आवश्यक प्रक्रिया अगाडि सारिएको उल्लेख छ । सिभिल होमको निर्माणाधिन यो होटलले ३ हजार ५१ वर्ग मिटर क्षेत्रफल ओगटेको छ ।

यस होटलमा अत्याआधुनिक सेवा सुविधा सहितका ३२३ वटा कोठा हुने तय भइसकेको छ । यसमध्ये ७७ वटा सुपर डिलक्स र १४६ वटा डिलक्स कोठासहितको संरचना तयार भइसकेको छ । होटलमा आवश्यक न्युनतम सुविधासहित तोकिएको मापदण्ड अनुसारको बार तथा रेस्टुरेन्ट, स्विमिङ्ग पुल, जिम, स्पा, हेल्थ क्लब, स्काई लाउन्ज/रुफ टप बार, बगैंचा, सभा हलसहितको सुविधा हुने छ ।

सिभिलले हाल होटलले हाल वातावरणीय प्रभावको मूल्याकन (इआईए) गरिरहेको छ । पर्यटन मन्त्रालयले न्युनतम ५० कोठासम्मको होटलको लागि प्रारम्भिक वातावरणीय परीक्षण (आईई) र सो भन्दा माथि कोठा हुने होटलले अनिवार्य रूपमा वातावरणीय प्रभाव मूल्यांकन ९इआइए० गर्नुपर्ने व्यवस्था गरेको छ ।

पाँचतारे स्टरको होटलका लागि आवश्यक सेवा र सुविधा सबै हाउजिङले पूरा गर्ने भएकोले पनि होटलको संरचना बनाउन थालेको उल्लेख छ । हाउजिङको अवधारणमा निर्माण भएको भवन भएपनि स्तरीय होटल बनाउन कुुनै समस्या नहरेकोले सोही अनुसारको आवश्यक कागजात तयार पारेर पर्यटन मन्त्रालयबाट प्रारम्भिक अनुमति लिइएको छ ।

अब होटल सम्पन्न भएर संचालनमा आउँने बेलमा हुने निरीक्षणपछि स्तर वर्गीकरण हुने उल्लेख छ । यो होटल पाँचतारे स्तरमै वर्गीकरण गराउने गरी आवश्यक सुविधा दिने पनि सिभिल ग्रुपको भनाइ छ ।

सिभिल होम्सलाई सीधै होटलमा परिणत गर्न नमिल्ने भएकोले सिभिल होम्सद्वारा संचालित होटल हुने गरी आवश्यक प्रक्रिया आगडि बढेको उल्लेख छ । पछिल्लो समय धमाधम हाउजिङ र अपार्टमेन्ट होटलमा परिणत हुँदै गएका छन् ।

पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका अनुसार हाउजिङलाई होटलमा परिणत गरेर सेवा दिने धेरैवटा कम्पनी भएपनि उद्योग विभागबाटै नयाँ कम्पनी बनाएर आउने भएकोले कुन हाउजिङ होटल भयो भन्ने तथ्यांक नभएको जानकारी दिएको छ ।

विसं २०७२ को भूकम्पपछि कमजोर भएका आपार्टमेन्ट तथा संचालनको तयारीम पुुगिसेका अपार्टमेन्ट पनि होटल संचालनको रुची देखाउँदै पर्यटन विभाग धाइरहेका छन् ।

यसमध्ये केहीले आवश्यक प्रक्रिया मिलाएर आउने भन्दै होटल सञ्चालन कार्यविधि तथा स्तर निर्धारणको मापदण्ड लिएर गएको पर्यटन विभागको होटल शाखाले जानकारी दिएको छ ।

सिभिल होम्सका प्रवत्ता भिम खरेलले भने अपार्टमेन्टले होटल बनाउने विषयमा अहिलेसम्म सञ्चालक समितिको बैंठकले निर्णय नगरेको बताए ।

उनले भने ‘बोर्डले निर्णय नगरेसम्म मैले जानकारी दिन सक्दिन’, बोर्डले मलाई कुनै जानकारी नदिएकोले यसबारेमा मैले केही भन्न सक्दिन खरेलले भने । बोर्डले जे गर्ने निर्णय गर्छ त्यही अनुसारको काम हुने पनि खरेल बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया