एकीकृत सम्पत्ति कर लागू गरेपछि राजस्व संकलन बढ्यो


आर्थिकन्यूज

काठमाडौं, भदौ ३० । काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्षदेखि एकीकृत सम्पत्ति कर लागू गरेपछि राजस्व संकलन प्रभावकारी देखिएको छ ।

गत बर्ष साउनमा १५ करोड राजस्व संकलन भएकोमा यस बर्ष दोब्बर भएको राजस्व विभागका निर्देशक दीपक अधिकारीले बताए ।

यही अनुपातमा राजस्व संकलन हुने हो भने आर्थिक बर्षको अन्त्यसम्ममा अनुमानित लक्ष्य प्राप्त हुने उनले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

आर्थिक बर्ष २०७५र०७६ मा १२ अर्ब ४ करोड ११ लाख ५७ हजार कर उठाउने लक्ष्य महानगरको छ । महनगरमा १२ हजार ७९ करदाता छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया