सर्वोच्चद्धारा सरकारलाई कडा चेतावनी


आर्थिकन्यूज

काठमाडौं, भदौ २९ । सर्वोच्च अदालतले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थुनामुक्त गर्न दिएको वन्दी प्रत्यक्षीकरण आदेशको पटक पटक उल्लंघन भएको ठहर गरेको छ ।

सर्वोच्च अदालतले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पटक पटक पक्राउ गरिएकोमा सरकारलाई कडा चेतावनी दिएको छ ।

यस अघि पनि कानुन कार्यान्वयन गर्ने निकायबाट आदेशलाई असम्मान गरेकोमा गम्भीर सरोकार व्यक्त गरेको थियो ।
यसअघि सर्वोच्चले पनि पटक–पटक थुनामुक्त गर्न आदेश दिएलगत्तै प्रहरीले पक्राउ गरेको थियो । गैरकानुनी थुनाबाट मुक्त गर्ने आदेश दिँदादिँदै त्यसलाई उल्लंघन गरेर पुनः पक्राउ गरेको भन्दै सर्वोच्चले प्रकाण्डलाई थुनामुक्त गर्न भनेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले संविधानको धारा १२८ को उपधारा ४ अनुसार अवहेलनामा कारबाही गर्ने चेतावनी दिएको हो ।

“>

फेसबुकबाट तपाईको प्रतिक्रिया