विश्व लगानीकर्ता सप्ताह मनाइने


आर्थिकन्यूज

काठमाडौं, भदौ २९ । नेपाल धितोपत्र बोर्डले असोज १५ देखि २१ सम्म विश्व लगानीकर्ता सप्ताह मनाउने भएको छ । विश्व लगानीकर्ता सप्ताहको मुख्य उद्देश्य पूँजी बजारसम्बन्धी विभिन्न जानकारी, सूचना तथा गतिविधिहरु सर्वसाधारणमा प्रवाह गरि पूँजी बजारसम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि गरी लगानीकर्ताको शसक्तिकरण गर्ने रहेको बोर्डले जनाएको छ ।

सन् २०१६ जूलाईमा धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्थाको एशोसिएट सदस्य भएपश्चात् उक्त संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा बोर्डको सहभागिता रहदै रहदै आएको छ ।

असोज १५, विहान ७ – ९ बजे धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी प्रभात फेरी (¥याली) गर्ने बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । असोज १७, बुधबार पम्पलेट तथा लिफ्लेट प्रकाशन तथा वितरण, धितोपत्र बजारको अवस्था तथा प्रवृत्ति, बजारको विकास तथा विस्तारका बारेमा लगानीकर्तासँग अन्तक्रिया गर्ने कार्यक्रम रहेको छ ।

असोज १८, बिहिबार नियमन निकाय, नेपाल स्टक एक्सचेञ्ज लि. तथा सिडिएस एण्ड क्लियरिङ्ग लि. का उच्च पदस्त कर्मचारी र धितोपत्र व्यवसायी, प्रबुद्ध लगानीकर्ता तथा पूँजी बजार विज्ञलाई सम्लग्न गराई टेलिभिजनमार्फत अन्र्तवार्ता÷अन्तरक्रिया कार्यक्रम प्रसारण गर्ने बोर्डले जनाएको छ ।

असोज २०, शनिबार लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धिका लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी पाक्षिक रेडियो कार्यक्रम सञ्चालनको शुरुवात गर्ने रहको छ । त्यस्तैगरि असोज १९ र २०, शुक्रबार र शनिबार प्रदेश १ को विराटनगरमा प्रथम प्रादेशिक पूँजी बजार प्रदर्शंनी सञ्चालन गर्ने, उक्त प्रदर्शनीमा धितोपत्र बजार औजार तथा सेवा सम्बन्धी कम्तीमा १०० स्टलमार्फत् धितोपत्र बजारका विविध पक्षहरुको बारेमा सर्वसाधारणलाई जानकारी दिने दिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया