युनिलिभरले नेपाल मुम्बईमा गाभ्यो कि, मुम्बई नेपालमा ?


आर्थिकन्यूज

काठमाडौं, भदौ २९ । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले लाभांश वितरण गर्न कम्पनीको बोर्ड बैठकको निर्णय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जलगायतका सरोकारवाला निकायमा बुझाएको पत्रमा गम्भीर त्रुटी गरेको तथ्य फेला परेको छ । मुम्बई नेपाल भन्दै कम्पनीको बैठक बसेको ठेगाना उल्लेख गरी त्रुटी गरेको देखिएको हो ।

कम्पनीको बोर्ड बैठक एफ ब्लक युनिलिभर हाउस, बि. डी. सावन्तमार्ग, चकला अन्धेरी इस्ट मुम्बई नेपालमा बसेको उल्लेख गरी कम्पनीको १५०आंै बोर्ड बैठक अगस्त २८, २०१८ मा बसेर प्रतिशेयर ७०० नगद लाभांश दिने निर्णय गरेको उल्लेख छ ।

सामान्यतया बोर्डको निर्णय बैठक बसेको अर्को दिन नियमक निकायमा जानकारी दिनुपर्ने प्रचलन भए पनि युनिलिभरले सेप्टेम्बर १३ तारिखमा करिब १५ दिन पछिमात्रै जानकारी गराएको छ । एकतातिर पत्रमा देश र स्थानसमेत फरक पारेर उल्लेख गरिनु तथा अर्कोतिर १५ दिनपछि निर्णय नियमक निकायमा दिनुले युनिलिभरले लापरबाहीको गरेको देखिन्छ ।

युनिलिभरको पत्रमा देखिएको त्रुटि र ढिलाइबारे कम्पनी सचिव सोनाम श्रेष्ठसँग आर्थिक न्युजले सम्पर्क गर्दा उनले त्यो सामान्य मानवीय त्रुटी भएको र नेपालमा यस्ता गल्ति भइहाल्ने प्रतिक्रिया दिइन । उनले बोर्डको बैंठकको हतारले उक्त गल्ति भएको बताइन भने बोर्डको अन्य निर्णयका बारेमा भने मभन्दा माथिको हाकिमलाई सोन्नु पर्ने जवाफ दिइन ।

यता नेपाल स्टक एक्स्चेञ्जका प्रवक्ता मुरारी पराजुलीले भने सामान्यतया शेयर बजारलाई असर पार्ने खालका बोर्डको बैंठकका निर्णय सोहि दिन वा भोलिपल्ट नेप्सेलाई जानकारी गराउनु पर्ने प्रावधान रहेको जानकारी दिए ।

यता कम्पनी स्रोतले भने कम्पनीमा लाभांषको विषयमा नै बोर्डमा विवाद भएको बताएको छ । युनिलिभरले यस वर्ष लगानीकर्तालाई बोनस शेयर दिने चर्चा समेत चलेको थियो सोहि कम्पनीका सञ्चालकहरुबीचमा नै बोनस दिने र नदिनेबीचमा विवाद भएको कम्पनी स्रोतले बताएको छ ।

कम्पनीले प्रयाप्त आम्दानी गर्दा गर्दै पनि गएका वर्षभन्दा कम लाभांष कम दिनु कम्पनीका शेयरधनीलाई घाटा पुर्योउनु हो एक युनिलिभरका लगानीकर्ताले आर्थिक न्युजडटकमलाई बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया