चाडपर्व नजिकीदै गर्दा चोरको विगविगी, चोरीमा प्रयोग गरिएको ट्याक्सी सहित २ जना पक्राउ


आर्थिकन्यूज

काठमाडौं, भदौ २९ । काठमाण्डौ उपत्यकामा विभिन्न स्थानबाट नगद तथा सुन चादीं चोरी गर्ने  २ जनालाई  प्रहरीले पक्राउको गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाले जनाएको छ । अमुल्यमान राजभण्डारीको कस्मेटीक पसलमा चोरी गर्ने जिल्ला रामेछाप दोरम्वा न.पा.वडा नं.५ घर भई हाल का.जि.नैकाप वस्ने बर्ष ३२ को होम बहादुर थापा मगर लाई पक्राउ गरेको छ ।

साथै चोरीमा प्रयोग गरिएको ट्याक्सी चालक जिल्ला रामेछाप दोरम्वा न.पा.वडा नं. ३ घर भई हाल का.जि.कुलेश्वर वस्ने बर्ष ३१ को होम बहादुर श्रेष्ठ र निजहरुले चोरीमा प्रयोग गर्ने बा.१.ज ५६०२ नम्वरको ट्याक्सी सहित शुक्रबार पक्राउ गरेको छ ।

चोरी गर्ने अभियुक्तहरु बा.१ ज.५६०२ नम्वरको ट्याक्सीमा चढी फरार रहेको देखिएकोले उक्त ट्याक्सीको खोजतलास गर्ने क्रममा शुक्रबार कुलेश्चरबाट ट्याक्सी चालक सहित पक्राउ गरेको हो । ट्याक्सी चालकको बयानका आधारमा चोरीका मुख्य अभियुक्त होम बहादुर थापा मगर काठमाडौंको कपनबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

ट्याक्सीको प्रयोग गरी नगद र सुन चादी मात्र चोरी गरी लाने गरेको तथा जेन्सी समानहरु चोरी गरी लाने नगरेको र खिचापोखरीमा २ वटा सहकारी संस्था ,वालाजुको गेष्ट हाउस ,सामाखुसीको सहकारी संस्था,चावहीलको रक्सी पसलमा समेत चोरी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया