एक सातामा चार कम्पनीको २१ लाख कित्ता शेयर सूचिकृत


आर्थिकन्यूज

काठमाडौं, भदौ २९ । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ वटा कम्पनीहरुको २१ लाख २३ हजार २१ दशमलव ९३ कित्ता शेयर सूचिकृत भएका छन् ।

जसमा बोनस शेयर कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ७५ हजार कित्ता, राधी विद्युत कम्पनी लिमिटेडको ४ लाख १० हजार ४० कित्ता र कामना सेवा विकास बैंक लिमिटेडको १३ लाख ४ हजार ७०१ दशमलव ९३ कित्ता शेयर गरी कुल १८ लाख ८९ हजार ७४१ दशमलव ९३ कित्ता बोनस शेयर सूचिकृत भएका छन् । भने बोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडकको हकप्रद शेयर २ लाख ३३ हजार २८० कित्ता सूचिकृत भएको छ ।

बोनस शेयर र हकप्रद शेयर गरी यस साताभर नेप्सेमा २१ लाख २३ हजार २१ दशमलव ९३ कित्ता शेयर सूचिकृत भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया