छिमेक लघुवित्त वित्तीय संस्थाको ४० प्रतिशत लाभांश दिने


आर्थिकन्यूज

काठमाडौ, भदौ २९ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (chhimek Laghubitta Bittiya Sanstha Ltd.) ले ४० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले भदौ २८ गते बसेको संचालक समितिको बैठकबाट आव २०७४/७५ को मुनाफाबाट १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले १८ प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बोनस शेयर र २२ प्रतिशतले हुन आउने २२ करोड रुपैयाँ नगद लाभांश दिने निर्णय गरी स्वीकृतका लागि नेपाल राष्ट्र बैंक र आगामी साधारण सभामा लैजाने निर्णय गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया