चीन र भारतबाट आउने भन्दा छिटो काठमाडौंमा रेल चल्ने, चक्रपथमा मोनो र नागढुङ्गाबाट धुलिखेल पुग्न मेट्रो रेल


आर्थिकन्यूज

काठमाडौं, भदौ २९ । छिमेकी देशद्वय चीन र भारतबाट आउने रेल भन्दा छिटो काठमाडौंमा मोनो र मेट्रो रेल दौडने भएका छन् । काठमाडौंको २८ किमि दुरीको चक्रपथमा मोनो र नागढुङ्गाबाट धुलिखेल सम्मको ३७ किमिको दुरीमा मेट्रो रेल सञ्चालन गरिने भएको छ ।

मोनोरेल बनाउन कामठमाडौं महानगरपालिकाले प्रक्रिया अगाडि बढाएर चिनियाँ कम्पनीसँग सम्झौता नै गरेको छ । मेट्रो बनाउन लगानी बोर्डले मागेको आशयपत्रमा ६ वटा कम्पनी छनोट भएका छन् । काठमाडौंमा तीन वर्षभित्र मोनोरेल र पाँच वर्षभित्रै मेट्रोरेल दौडने सम्बन्धित सरोकारवालाले बताएका छन् ।

काठमाडौं महानगरपालिकाले चिनियाँ कम्पनी सिसिआरसीले गरेको प्रारम्भिक अध्ययनबाट चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने सम्भावना औल्याएको छ । यो अध्ययन अनुसार जम्मा १ खर्ब १६ अर्ब रुपैयाँ लागतमा काठमाडौं मोनोरेल दौडन सक्ने देखिएको महानगरका पूर्वाधार विकास प्रमुख महेश काफ्लको भनाइ छ ।

यो कम्पनीले रेलमार्ग सञ्चालन गर्न सम्भव देखाएकोले अब यही कम्पनीले डीपीआरसहितका निर्माण जिम्मा मागेको छ । यसले आगामी ६ महिना भित्रै डीपीआर बनाउने तथा ३ वर्ष भित्रै मोनोरेल दौडाउन सकिने गरी महानगरले गति अगाडि बढाउन थालेको पनि उल्लेख छ ।

मोनोरेल निर्माणका लागि चिनियाँ कम्पनी र महानगरपालिका बिच सम्झौता पत्रमा हस्ताक्षरसमेत भएको छ । सम्झौता अनुसार कम्पनीले मोनोरेल निर्माण सम्पन्न गरेपछि लागत खर्चको सिमित ब्याजदर तिर्दै जाने पनि उल्लेख छ ।

काठमाडौं महानगरलालिकाले ललितपुरसँग सहकार्य गरेर मोनोरेलको प्रक्रिया अगाडि बढाएपछि लगानी बोर्डले पनि नागढुङ्गादेखि धुलिखेल सम्मको करिब ३७ किलोमिटर दुरीमा मेट्रोरेल दौडाउने प्रक्रिया अगाडि बढाएको छ । लगानी बोर्डले यस अघि मागको परामर्शता छनोटको प्रस्तवमा आवेदन दिएका २३ कम्पनीमध्येबाट ६ वटालाई छनोट गरेको छ ।

अब यी कम्पनीले एक महिनाभित्रै उपयुक्त प्रस्ताव पेश गर्ने छन् । सोही प्रस्तावका आधारमा डीपीआर बनाउने जिम्मा ६ वटामध्ये एक कम्पनीलाई दिने पनि लागनी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले बताए ।

लगानी बोर्डका अनुसर आशयपत्र पेश गरेर गर्ने कम्पनीमध्येबाट चाइना मेशिनरी इन्जिनियरिङ कर्पोरेशन, चाइना रेल्वे सिउवान सर्वे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड, निप्पोन कोइ कम्पनी लिमिटेड, राइट्स इण्डिया लिमिटेड, युसिन इन्जिनियरिङ कर्पोरेशन सिउल र युकसेल प्रोजे युकसलवारी कम्पनी छानिएका छन् ।

डीपीआर तयार भैसकेपछि लगानी बोर्डकै अगुवाईमा निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा अन्तराष्ट्रिय कम्पनीको खोजी गर्ने र पाँच वर्षमित्रै काठमाडौंमा मेट्रोरेल दौडाउन सकिने बुझार्य बोर्डको छ ।

बोर्डले काठमाडौंको पूर्व पश्चिम खण्डमा मेट्रो रेल बनाउन लगाउने छ भने उत्तर दक्षिण शिवपुरीबाट सातदोबाटोससम्म भने रेल विभागले आवश्यक प्रक्रिया अगाडि बढाउने भएको उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया