विदेशमा उपचार गर्नेले राज्यकोषबाट पैसा नपाउने, सरकारी अस्पतालका डाक्टरलाई बाहिर काम गर्न प्रतिवन्ध


आर्थिकन्यूज

काठमाडौं, भदौ २९ । देशका विशिष्ट पदमा रहेका व्यक्तिहरू सामान्य रोगको उपचार गर्न पनि विदेश धाउने र राज्यकोषको लाखौँ खर्च गर्ने परिपाटी अन्त्य हुने भएको छ ।

विदेशमा उपचार गर्दा लाग्ने खर्च राज्यकोषबाट नव्योहर्ने व्यवस्था गरिएका विधेयक बिहीबार प्रतिनिधिसभामा पेश भएको छ । संसदीय समितिले जुटाएको सहमतिअनुसार विधेयक ‘फुल हाउस’बाट पाति भए विशिष्ट ओहोदामा रहेका पदाधिकारीदेखि सर्वसाधारणले विदशमा गरेको उपचार खर्च राज्य कोषबाट पाउने छैनन् ।

विधेयक शुक्रबार पारित गर्ने संसद् सचिवालयको कार्यसूची छ । संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक कार्यान्वयन गर्न सरकारले ल्याएको विधेयक संशोधन गर्दै संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विदेशमा भएको उपचार खर्च राज्यकोषबाट नबेहोर्नै सहमति जुटाएको थियो ।

यस्तै सरकारले सरकारी अस्पतालका डाक्टरल अन्त काम गर्न नपाउने व्यवस्थासमेत गरेको छ ।तोकेको समयभन्दा बाँकी समयमा अन्यत्र काम गर्ने भए पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था संघीय मामिला संसदमा पेश गरिएको छ । नयाँ पत्रिका दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया