नेप्सेमा १४ अंकको वृद्धि सँगै कारोबारमा पनि उच्च


आर्थिकन्यूज

काठमाडौं, भदौं २८ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव १३ अंकले बढेर १ हजार २ सय ४४ दशमलव ८४ को बिन्दुमा कारोबार बन्द भएको छ । हिजो भने नेप्से १३ दशमलव ०६ अंकले वृद्धि गरेर १२ सय ३० दशमलव ७१ को बिन्दुमा रहेको थियो ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने ३ दशमलव ४७ अंकले बढेर २ सय ६४ दशमलव २७ अंकमा पुगेर बन्द भएको छ ।

यस दिन कुल १ सय ७३ कम्पनीको २७ लाख ११ हजार ११० कित्ता शेयर खरिदबिक्री हुँदा ७२ करोड ९८ हजार ५ सय ५४६ रुपैयाँको कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार अत्याधिक वृद्धि भएको हो ।
यस दिन सबैभन्दा बढी कारोबार एनएमबी बैंकको भएको छ । जसको आज ५ करोड ९४ लाख ५१ हजार ६२९ सय रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ७७ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा भार्गव विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४ दशमलव ५४ प्रतिशतले घटेको छ ।

यस दिन निर्जीवन बीमा समूह, जीवन बीमा समूह र लघुवित्त समूह घटेका छन् भने बाँकी समूहहरु बढेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया