सप्तकोशी डेभलपमेन्ट बैंकले ८ दशमलव ३६ प्रतिशत लाभांश दिने


आर्थिकन्यूज

काठमाडौं, भदौ २८ । सप्तकोशी डेभलपमेन्ट बैंक (Saptakoshi Development Bank Ltd.) ले ८ दशमलव ३६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आव २०७४/७५ को कायम नाफा एंव शेयर प्रिमियमबाट कर सहित ८ दशमलव ३६ प्रतिशत लाभांश वाँडफाँड गर्ने भएको छ ।

कम्पनीको ५० करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजीको ३ प्रतिशत बोनस र ५ दशमलव ०३६ प्रतिशत नगद लाभांश विवरण गर्ने भएको छ ।

बैंकको ३ प्रतिशतले हुन आउने १ करोड ५२ लाख ५५ हजार ३ सय रुपैयाँ बोनस र ५ दशमलव ०३६ प्रतिशतले हुन आउने २ करोड ५६ लाख १० हजार ५८३ दशमलव ८२ रुपैयाँ नगद लाभांश गर्ने भएको छ ।

जसको लागि कम्पनीले भदौ २७ गते बसेको संचालक समितिको बैंठकबाट नेपाल राष्ट्र बैंक तथा आगामी वार्षिक साधारणसभामा स्वीकृत पेश भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया