मुक्तिनाथ विकास बैंकले बोनस शेयर दिने


आर्थिकन्यूज

काठमाडौं, भदौ २८ । मुक्तिनाथ विकास बैंकले १८.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका निम्ति ०.९६ प्रतिशत नगद लाभांश दिन प्रस्ताव गरेको छ । बैंकले हाल कायम २ अर्ब ५९ करोड १७ लाख ६३ हजार ३१७ रुपैयाँमा उक्त लाभांश दिने भएको हो । नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण हुनेछ ।

बोनस तिरणपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा ५७ करोड ५४ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।प्रतिशेयर आम्दानी २२ रुपैयाँ २० पैसा रहेको बैंकले गत २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया