कालिका पावर कम्पनीको आईपीओ आजबाट, न्यूनतम ५० कित्तादेखि ६ हजार कित्तासम्म आवेदन दिन पाइने


आर्थिकन्यूज

काठमाडौं, भदौ २८ । कालिका पावर कम्पनी लिमिटेडको आईपीओ आजबाट खुलेको छ । यो कम्पनीले प्रति साधारण शेयर एक सय रुपैयाँ दरका १२ लाख कित्ता शेयरमध्ये २४ हजार कित्ता कर्मचारीलाई र ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाएको छ ।

बाँकी ११ लाख १६ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिट मार्केटले जानकारी दिएको छ । यसको शेयर आवेदन कम्तिमा ५० कित्ता र अधिकतम ६ हजार कित्तासम्म आवेदन दिन पाइने छ ।

शेयर निष्कासन छिटोमा असोज १ गते र ढिलोमा २८ गतेसम्म खुला हुने पनि उल्लेख छ । आव २०७४/७५ सम्म ६२ लाख घाटामा गएको यो कम्पनीको प्रतिशेयर आम्दानी हाल ०.५० मात्रै छ । आगामी वर्षबाट १ करोड ७२ लाख नाफामा जाने अनुमान गरेको यो संस्थाको प्रतिमेगावाट विद्युत् उत्पादन लागत २३ करोड १० लाख लाग्ने उल्लेख छ ।

यसको आयोजनाको कुल लागत १ अर्ब ३८ करोड रुपैयाँ छ । यसको सह निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड हो । यसको शेयर आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै सी आस्वा सदस्य वित्तीय संस्थाबाट दिन सकिने उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया