बीमा कम्पनीको सूचना चुहाउनेलाई कारबाही गर्न माग


आर्थिकन्यूज

काठमाडौं, भदौ २८ । राष्ट्रिय बीमा कम्पनीले साधारण सभाको सूचना प्रकाशित गर्दा कम्पनीको शेयर मुल्यमा असर पर्ने सूचना प्रकाशित गरेको भन्दा शेयर लगानीकर्ता संघले विरोध गरेको छ ।

कम्पनीको शेयर मुल्यमा असर पार्ने सूचना नेपाल स्टक एक्स्चेञ्जलाई उपलब्ध गराउन पर्ने नियम हुँदा हुँदै अन्य मिडियाबाट सूचना सार्वजनिक सार्वजनिक गरेकाले शेयर मुल्यमा प्रत्यक्ष असर पर्ने बताएको छ ।

बुधबार प्रेस विज्ञप्ति जारि गर्दै भनेको छ, ‘सूचना सर्वप्रथम नेप्सेमा दिनुपर्ने प्रावधानको वर्खिलाप गर्दै अन्य सार्वजनिक मिडियामा छिटो सूचना आएको हूँदा सो विषयमा धितोपत्र बोर्डले राष्ट्रिय बीमा कम्पनीको सूचना चुहावट प्रकरणको छानविन गरि यथार्थ कुरा सर्वसाधारण लगानीकर्ता र आम सरोकारवाला पक्षलाई सूसुचित गििदनुहुन अनुरोध गर्दर्छौ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया