साफ च्याम्पियनसिपको सेमिफाइनलमै टुङ्गियो नेपालको यात्रा


आर्थिकन्यूज

काठमाडौं, भदौ २७ । साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल सेमिफाइनलमा रोकिएको छ। बंगलादेशको बंगबन्धु रंगशालामा भएको माल्दिभ्सँगको खेलमा नेपाल ३ गोलले पराजित भएको हो।

नेपालविरुद्ध माल्दिभ्सका इब्राहिम वाहिदले २ गोल गरेका थिए । उनले ८३ र ८४ औं मिनेटमा लगातार गोल गरेका थिए । भने पहिलो गोल अक्रम अब्दुल घानीले खेल सुरु भएको आठ मिनेटमै गरेका थिए ।

त्यसपछि माल्दिभ्सले नेपाललाई दबाबमा पारेको थियो । घानीले नेपालविरुद्ध फ्रि किकबाट गोल गरेका थिए । खेलकै क्रममा भारी वर्षा भएपछि २७ औं मिनेटमा खेल केहिबेरका लागि रोकिएको थियो ।

यो जितसँगै माल्दिभ्स साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। अर्को सेमिफाइनलमा भारत र पाकिस्तान भिड्दैछन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया