साल्ट ट्रेडिङ कर्पोरेशनको ५६ औं वार्षिकोत्सव सम्पन्न


आर्थिकन्यूज

काठमाडौं, भदौ २७ । साल्ट ट्रेडिङ कर्पोरेशनको ५६ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बुधबार मानव समाज आश्रम चितवनलाई असाहय बालबालिकाको हितमा सक्रियतापूर्वक योगदान पु¥याए वापत यस वर्षको बालहितकारी पुरस्कार प्रदानका साथै विभिन्न कार्यक्रसहित उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त पुरस्कारको राशी यस वर्षदेखि २५ हजार थप गरि ७५ हजार पु¥याइएको छ । यसै गरि कर्मचारीका छोरा÷छोरीहरु मध्ये एसईई परीक्षामा उत्कृष्ट नम्बर ल्याउने छात्र तर्फ विवेक प्रसाईलाई अनङमान छात्रवृत्ति र छात्रा तर्फ उत्कृष्ठ अंक ल्याउने सुश्री श्रीद्धा महर्जनलाई लोकनाथ छात्रवृत्ति प्रदान गरेका थिए ।

उक्त अवसरमा राम्रो सृवा प्रदान गर्ने कर्मचारीहरुलाई उत्कृष्ट सेवा पुरस्कार प्रदान गरेका थिए । स्वर्गीय ईश्वरलाल श्रेष्ठको नाममा स्थापना गरिएको उत्कृष्ठ सेवा पुरस्कार तीन जना कर्मचारीहरुलाई दिइएको थियो । यसै गरि २० वर्ष सेवा पुरा गरेको कर्मचारीहरुलाई पनि सम्मा गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री मात्रिका यादवले साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्नो उदेश्य अनुसार समस्त नेपाली उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराउन निरन्तर प्रयत्नशील रहन निर्देशन दिए । उनले बजारमा देखिएका मूल्य बृद्धि र कृत्रिम अभावका बेला साल्ट टे«डिङले उपभोक्तालाई पु¥याएको सेवाको सराहना गर्दै सरकारले थप दायित्व दिँदै आएको उल्ले गरे ।

आपुर्ती मन्त्रालयका सहसचिव एवं कार्पोरेशनका सञ्चालक समितिका सदस्य नवराज ढकालले कर्पोरेशनले दायित्व निर्वाह गरेकोमा आभार व्यक्त गर्दैं भविष्यमा उदेश्य अनुसार सेवा विस्तार गर्ने बताए ।

यसैगरि सञ्चालक समितिका अध्यक्ष तथा वार्षिकोत्सवका सभापती लक्ष्मीदास मानन्धरले साल्ट ट्रेडिङ सार्वजनिक निजी साझेदारीको नमूनाको रुपमा काम गर्दै आएको यो संस्था बिभिन्न चुनौती एवं समस्याका बावजुद एउटा सुनौलो ईतिहास निर्माण गर्न सभल भएको बताए ।

साथै कर्पोरेशनले नेपाल सरकारको नीति निर्देशनलाई पूर्ण रुपमा पालना गरि बजारमा दैनिक उपभोग्य बस्तुको कमी हुन नदिन हर प्रयासले आपूर्तीलाई सहज बनाउँदै आएको बताउँदै नूनको आपूर्ति निर्वाधरुपमा गर्दै आएको मत्र नभै ६ महिना भन्दा बढी समयलाई पुग्ने गरि सञ्चित गर्ने गरिएको जनाए ।

यसैगरि समय समयमा अभाव सिर्जना हुँदा रासायनिक मल एवं चिनीको आपूर्ति र बिक्री वितरण नियमित रुपमा गर्दै आएको र नेपाल सरकारले कर्पोरेशनलाई बिश्वास गरि समय समयमा विभिन्न दायित्व निर्वाह गर्न निर्देशन र जिम्मेवारी प्रदान गर्दा सहज रुपमा जिम्मेवारी (दायित्व) पुरा गर्दै आएको बताए ।

स्वागत भाषण गर्दै कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले नेपाल सरकारले तय गरेको नीति नियम भित्र रही कर्पोरेशनले आपूर्ती र वितरणको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वा गर्दै आएको र परिवर्तित राजनीतिक परिवेशमा सबै प्रदेशलाई परिलक्षित गरि आपप्mनो कार्यक्षेत्र र सेवा बिस्तार गर्दै आर्थिक रुपमा समृद्ध नेपालको अवधारणालाई सघाउ पु¥उयने बताइन् ।

साथै उनले थपिन् ‘रासायनिक मलका अतिरिक्त गहुँको बीउ प्रशोधन गरि किसान समक्ष पु¥याएको छ र हेटौँडामा बन्द अवस्थामा रहेको नेपाल बनस्पती घ्यू उद्योगमा स्थानीय किसानहरुबाट तोरी खरिद गरि निकट भविष्यमा प्रशोधित तोरीको तेल उत्पादन गरिने लक्ष्य राखिएको छ ।’

साथै नजिकिँदै गरेको दशै, तिहार र छट पर्व जस्ता चाडबाडलाई मध्यनजर गर्दै बिगत झैं यस वर्ष पनि नेपाल सरकारको निर्देशन अनुसार बिभिन्न स्थानमा कर्पोरेृशनबाट बिक्री बितरण गरिने सामानहरुको स्टल राखी सहुलियत दरमा बिक्री बितरणको कार्य गरिने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया