मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई गोदावरी ग्रिनवीच भिलेजमा विशेष छुट


आर्थिकन्यूज

काठमाडौं, भदौ । मुक्तिनाथ विकास बैंक लि. र गोदावरी भिलेज रिसोर्ट गोदावरी, टौखेल र होटेल ग्रिनवीच भिलेज कुपन्डोल बीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका डेविट तथा के्रडिट कार्ड भएका सबै ग्राहकहरुलाई उक्त होटेलको सेवा सुविधा लिए वापत लाग्ने सम्पूर्ण खर्चमा १० प्रतिशत विशेष छुट दिने व्यवस्था भएको बैंकले जनाएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र गोदावरी भिलेज रिसोर्ट÷होटेल ग्रिनवीच भिलेजको तर्फबाट प्रवन्ध निर्देशक प्रबिन आचार्यले हस्ताक्षर गरेका थिए । यो सुविधा लिन यस विकास बैंकको डेविट वा क्रेडिट कार्ड देखाए मात्र पनि उक्त छुट सुविधा आगामी एक वर्ष सम्म प्राप्त गर्न सकिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया