नक्कली क्रेडिट कार्ड बनाइ ठगी गर्ने गिरोह सक्रिय, विहानै ठमेलबाट ५ जना पक्राउ


आर्थिकन्यूज

काठमाडौं, भदौ २५ । नक्कली क्रेडिट कार्ड बनाइ पीओएस मेसिनबाट रकम निकाल्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न देशका व्यक्तिको कार्डको डाटा ह्याक गरि नेपालका बैंकमा रहेको खाता मार्फत रकम चोरी गर्ने गिरोहलाई महानगरिय परिसर काठमाडौंले पक्राउ गरेको हो ।

पक्राउन पर्नेहरुमा जिल्ला काभ्रे तिमाल वडा नं ९ बस्ने बर्ष ३४ को बिजय दोङ लामा, दिल्ली बलजितनगर दिल्ली बस्ने बर्ष २८ को बिटु गौतम, का.जि.का.म.न.पा वडा नं.१७ बस्ने बर्ष ३२ को अनुज नकर्मी, जि. दिल्ली ओमबिहार भारत बस्ने बर्ष ३२ को बिकास गोसाई र जि. भारत खरिपाई हाउस भोदारीकन्ती चालकुडी बस्ने बर्ष ३४ को जिन्टु जोए रहेका छन् ।

सोमबार विहान ठमेल संचयकोष अगाडी रहेको होटलवाट पक्राउ गरि परिसर काठमाडौंवाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मेसीन प्रयोग गरि  खातामा रकम जम्मा गरि ७५ प्रतिसत रकम आफुले लिने र २५ प्रतिशत  मेसीन भएको व्यक्तिलाई पैसा दिने गरेको प्रारम्भीक सोधपुछमा खुल्न आएको छ।

मेसीनमा ७/७ लाख रुपिया Transfer भएको र निजहरुको विगतको पृष्ठभुमि हेर्दा करौडौ रकम Transfer भएको हुन सक्ने देखिएको हुँदा वैकहरुसंग समन्वय गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

बिजय दोङ लामा पहिला पनि एइक् मेसीन उपलव्ध गराएको आरोपमा वैंकिङ्ग कसुरमा ६० दिन हिरासतमा वसि १३ लाख धरौटीमा रिहा भएका व्यक्ति भएका प्रहरीले जानकारी दिएको छ ।

अनुज नकर्मी पहिला पनि मेसीन उपलव्ध गराएको आरोपमा वैंकिङ्ग कसुरमा ६० दिन हिरासतमा वसि ५ लाख २५ हजार धरौटीमा रिहा भएका हुन।

विटु गौतम दिल्लीवाट व्यापारको सिलसीलामा विगत ३ महिना देखि आवत जावत गरिरहेको खुलेको प्रहरीले जनाएको छ ।

जिन्टु जोए ले डाटा कार्ड रिडर अनलाईन मार्फत चाईनावाट खरीद गरेको र व्यक्तिको A/C नम्वर समेत अनलाईन मार्फत खरिद गर्ने गरेको । निजको केरलामा कम्युटरको विजनेस समेत रहेको छ । ७ पटक नेपाल आई एक पटकमा १५ दिन सम्म वस्ने गरेको र नेपाली Broker को सहयोगमा विभिन्न अत्याधुनिक Machine को प्रयोग गरी पैसा Transfer गर्ने गरेको थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया