मेटलाइफ नेपाललाई ‘सिल्भर स्टिभी’ अवार्ड


आर्थिकन्यूज

काठमाडौं, भदौ २५ । १५औं वार्षिक अन्तराष्ट्रिय बिजनेस अवार्डमा मेटलाइफ नेपालको लाइफ केयर ले वेष्ट न्यु प्रडक्ट अर सभिस–फाइनान्सियल सर्भिस को विधाअन्तर्गत ‘सिल्भर स्टिभी’ अवार्ड जितेको छ । नेपालमा लाइफ केयर यस प्रकृतिको पहिलो बीमा योजना हो ।

यसमा जीवनको क्षति, अप्रत्यासित घटना र गम्भीर रोगको पहिचान वापत विस्तृत वित्तीय सुरक्षा प्रदान गरिन्छ । यस योजनामा खासगरी लाइफ केयर व्युटिफुल नामक महिलालाई मात्र लागू हुने योजना उपलब्ध छ । जसअन्तर्गत जीवनको क्षति तथा महिला केन्द्रित रोग जस्तै स्तन क्यान्सर, पाठेघरको क्यान्सरलगायत महिलालाई मात्र हुने १०)वटा रोगहरु वापत सुरक्षण प्रदान गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया