भारु ५०देखि २००० सम्मको नोटमा नयाँ नियम


आर्थिकन्यूज
भारत-जाँदा

एजेन्सी, भदौ २४ । भारतीय केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया(आरबीआइ)ले भारतीय ५० देखि २००० रुपैयाँसम्मका नोटमा नयाँ नियम लागू गर्ने भएको छ । नोटमा हल्का काटेको फाटेको नोटमा क्षतिपूर्ति पुरै र सामान्य रुपमा नोटमा लेखिएका अक्षरहरु नबुझने र धेरै फाटेको नोट भएमा आधा वा पुरै नदिनेसम्मको नयाँ नियम ल्याएको छ ।

भारतीय केन्द्रीय बैंकले बैंकले प्रकाशनमा ल्याएका नोटको हिफाजका लागि पुरानो नियम संशोधन गरेको जनाएको छ । २०० देखि २००० सम्म रुपैयाँको महात्मा गान्धि सिरिजमा यो नियम लागू हुने बैंकले जनाएको छ ।

यसभन्दा पहिला ५,१०,२०,५०,१००,५०० रुपैयाँका भारु नोट फाटे वा फोहर भएमा नोट परिवर्तन गर्नका लागि यस्तो नियम बनाएको थियो । अब नयाँ नियमका अनुसार २००० रुपैयाँको नोटको पुरै दाम पाउनक लागि पैसा भएका व्यक्तिले कम्तिमा पनि नोटको् ८८ वर्गसेन्टिमिटर भाग उपलब्ध गराउनु पर्ने भएको छ । यसमा ४४ वर्गसेन्टिमिटर मात्र उपलब्ध गराएमा आधामात्र दाम पाउने नयाँ नियमले व्यबस्था गरेको छ ।

त्यस्तैगरि, २०० रुपैयाँको नोटको ७८ वर्गसेन्टिमिटर भाग उपलब्ध गराएमा पुरै र ३९ वर्गसेन्टिमिटर उपलब्ध गराए आधा दाम पाइने छ । त्यस्तैगरि, १०० रुपैयाँको नोटको ७५ वर्गसेन्टिमिटर बाँकी भएमा पुरै र ३८ वर्गसेन्टिमिटर भएमा आधा पाइने छ । ५० रुपैयाँको नोटको ७२ वर्गसेन्टिमिरमा पुरै र ३६ वर्गसेन्टिमिटरमा आधा दाम पाइने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया