भुटान विरुद्ध नेपालको सानदार जित


आर्थिकन्यूज

काठमाडौं, भदाै २१ । बंगलादेशकमा जारी साफ च्याम्पियानसिफमा पहिलो जित दर्ता गरेको छ । नेपालका लागि पहिलो गोल अनन्त तामाङले गोल गरेका हुन् । दोस्रो गोल सुनिल बल तेस्रो गोल भरत खवासले गरे भने चौथो गोल निराजन खड्काले गरेका हुन् ।  आज (बिहीबार) भएको दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४–० को शानदार जित निकालेको हो ।

बंगबन्धु रंगशालामा अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि भरत खवास, निराजन खड्का र सुनिल बलले गोल गरे । खेलको २० औं मिनेटमा हेड बलमार्फत् तामाङले नेपाललाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा आक्रामक बनेको नेपालका लागि ६९ औं मिनेटमा विमल घर्तीमगरले मिस गरेको पेनाल्टी बलमा सुनिल बलले उत्कृृष्ट गोल गरे ।

७७ औं मिनेटमा अन्जन बिष्टको ठाउँमा मैदान प्रवेश गरेका भरत खवासले गोल गर्दै अग्रता तेब्बर बनाएका थिए । खेलको अन्तिमतिर मैदान प्रवेश गरेका निराजन खड्काले गोल गर्दै नेपालको जित सुनिश्चत पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया