इमरान खानले प्रधानमन्त्री निवासका के के बहुमुल्य बस्तु लिलामी गर्दैछन् ?


आर्थिकन्यूज
फाइल फोटो

 

एजेन्सी, भदौ १६ । पाकिस्तानका प्रधानमन्त्री पूर्व क्रिकेटर इमरान खान पाकिस्तानले प्रधानमन्त्री अगष्ट १८मा पद सम्हाले लगत्तै प्रधानमन्त्री निवासमा रहेका बहुमल्य बस्तु विक्री गर्ने घोषणा गरेका थिए ।

पाकिस्तानको डन पत्रिकाका अनुसार प्रधानमन्त्री निवासमा रहेका बहुमुल्य बस्तुको लिलामी यहि सेप्टेम्बर १७ तारिकमा गरिने बताइएको छ ।

पाकिस्तानी प्रधानमन्त्री निवासमा ८ वटा विएमडब्ल्यु जसमा तीन वटा २०१४का मोडल,तीन वटा ५ हजार सीसीका एसयुवी र दुइ वटा २०१६ मोडलका ३ हजार सीसीक एसयुबी रहेका छन् ।

त्यस्तैगरि, लिलाम हुने सूचीमा रहेका २०१६ मोडलका चार वटा मर्सिडीज बेञ्ज कार ४ हजार सीसीका बुलेट प्रुफ रहेका छन् ।

यसका साथै २००४ मोडलका लेक्सस कार, २००६ मोडलका लेक्सस एसयुबी र दुइ वटा २००४ मोडलका लैण्ड क्रेजर रहेका छन् ।

त्यसैगरि, ८ वटा २००३ मोडल कार, २०१५ मोडलका ४ वटा बुलेट प्रुफ ल्याण्ड क्रुजर गाडी छन् । डन पत्रिकाका अनुसार १८०० सीसीका एउटा होण्डा सिविक र तीन वटा सुजुकी वाहन १९९४ मोडलको एउटा हिनो बस पनि लिलामीको सूचिमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया