कालोधन ओसार्न प्लेनको प्रयोग, पत्रकार पनि संलग्न


आर्थिकन्यूज
Photo:NDTV

एजेन्सी, भदौ १६ । पैसा चाहे गैरकानुनी होस वा कानुनी त्यो पैसा ओसार पसार्न गर्न पर्ने भयो भने या त बैंक प्रयोग गर्छ या त सुटकेश वा झोला तर कालोधन त्यो पनि ठूलो परिमाणको रकम ओसार पसार गर्न विमान नै प्रयोग गर्ने गरेको घटना बाहिर आयो भने सबैलाई अनौठो नै लाग्ला ?

भारतको प्रवर्तन निर्देशालय(इडी) र सीबीआइ जस्ता अनुसन्धान सस्थाहरुले कयौ भिआइपी विमान चार्टर्डबाट कालोधन विदेश लगिएको खुलासा भएको बताएका छन् ।

अनुसन्धानमा भारतबाट धेरै विमान चाटर्ड गरेर दुवइ र रुस गइरहेका छन् भनेर भारतको एक मिडिया हाउसले अनुसन्धान गरिहेको बताइएको छ । जसमा दुबईमा गएको विमान दुबईको मुख्य विमान स्थलमा अवतरण नगरेर साना विमान स्थलमा अवतरण गरिहेको समाचार प्रकाशन गरेको छ ।

दिल्लीको एक अदालतले संकास्पद वित्तीय कारोबारमा सम्बन्धीत पत्रकार उपेन्द्र रायलाई १४ दिन न्यायिक हिरासतमा पठाएको छ । अनुसन्धानका क्रममा रायको २६ करोडको सम्पत्ति पनि सरकारले जफत गरेको छ ।

पत्रकार राय र उनका सहयोगीको विरुद्धमा इडीले मनि लन्डरिङको मुद्दा दर्ता गरेर अनुसन्धान चलिरहेको छ । यता उपेन्द्र राय र उनका सहयोगी राहुल शर्मा र सञ्जयको घरमा इडीले छापा समेत मारेको छ । रायको दिल्ली स्थित ग्रेटर कैलाश स्थित घरमा छापा मारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया