भारतका हिरा व्यापारी मोदीका राम्रा दिन गए


आर्थिकन्यूज

एजेन्सी, भदौ १६ । पञ्जाब नेशनल बैंक घोटलाका मुख्य आरापी हिरा व्यापारी निरब मोलीका खरब दिन शुरु भएका छन् । सुरक्षा निकायहरुले निरव मोदीका साथसाथै उनका नातेदारहरुलाई पनि पक्राउ गर्न थालेका छन् ।

निरवका भाइ निशल मोदी र उनका साथी शुभाष परबलाई पक्राउ गर्न उर्दी जारी गरिएको छ । निशललाई बेल्जियम सरकारले पक्राउ गर्न उर्दी जारी गरिएको छ भने शुभाषलाई पनि मिश्रबाट भारत ल्याउने प्रक्रिया शुरु गरिएको छ ।

यी दुइजनाको नाममा इन्टरपोलले रेड कर्नर नोटीस जारि गरिसकेको छ । निशल मोदी बेल्जियमका नागरिक हुन उनले आफ्नो दाजु निरवको फर्जी काममा सहयोग गरेको आरोप लागेको छ ।

निरव मोदीले पञ्जाप नेशनल बैंककोको १३ हजार करोड भारु घोटला गरेको आरोप रहेको छ । यही मुद्दामा भारत सरकारले विभिन्न घोटलामा संलग्न व्यापारीलाई कानुनका दायरामा ल्याउन कानुन समेत बनाइसेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया