ग्रेस इन्टरनेशनलले भाद्र १३ गतेदेखि अष्ट्रेलियन शैक्षिक मेलाको आयोजना गर्दै


आर्थिकन्यूज

काठमाडौं, भदाै ११ । उच्च शिक्षाका लागि अस्ट्रेलिया जाने नेपाली विद्यार्थीको सहजताका लागि ग्रेस इन्टरनेशनलले पहिलो पटक पूर्णतः डिजिटल प्रविधिमा आधारित अस्ट्रेलियन शैक्षिक मेलाको तयारी गरेको छ ।

कुनै कागज प्रयोग नगरी सहभागी विद्यार्थीको दर्ता गराई कागजरहित मेलाका लागि यही भदौ १३ गतेदेखि बुटवल, चितवन, पोखरा र काठमाडौँमा बृहद् अस्ट्रेलियन शैक्षिक मेलाको आयोजना हुने भएको हो । मेलाका लागि नेपाल सरकारले अनुमति दिइसकेको छ । उचित परामर्शका अभावमा विदेशमा पढ्न जाने विद्यार्थीले हैरानी पाइरहेको सन्दर्भमा मेलाले करियर डेभलपमेन्टका लागि सहज बनाउने ग्रेसका राष्ट्रिय निर्देशक एन्ड्रयु पौडेलले बताए ।

सरकारबाट ‘नो अब्जेक्सन लेटर’ लिई विदेश जानेमध्ये अस्ट्रेलिया अहिले पहिलो सूचीमा पर्दै आएको छ । वार्षिक करीब ३० हजार विद्यार्थी अध्ययनका लागि सो मुलुकमा जाने गरेका छन् । मेलामा अस्ट्रेलियाका २० भन्दा बढी विश्वविद्यालय तथा कलेजको प्रत्यक्ष सहभागिता रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया