अभिनेत्री निता व्युटी पार्लरको ब्रान्ड एम्बेस्डर


आर्थिकन्यूज

काठमाडौं, भदौ ९ । काठमाडौंको पेप्सीकोला र मिन भवनमा रहेको आधुनिक सुविधा सम्पन्न ‘रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’को ब्रान्ड एम्बेस्डरमा अभिनेत्री निता ढुँगाना अनुबन्धित भएकी छिन् ।

सिटिईभिटी अन्तर्गतका व्युटिसियनहरुको लेवल १ र २ को परीक्षाको लागि बैधानिक रुपमा उत्कृष्ट सेन्टरको समेत मान्यता पाएको यो पार्लर तथा ट्रेनिङ सेन्टरमा अभिनेत्री निता एक वर्षका लागि जोडिएकी हुन् । बरिष्ट व्युटिसियन सुलोचना श्रेष्ठले यो पार्लर बिगत डेढ दशकदेखि सञ्चालन गर्दै आएकी छिन् ।

यसैबीच रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खरिबोट मिनभवनको नयाँ आउटलेटको पनि अभिनेत्री निता ढुँगाना, बरिष्ट व्युटिसियन डा. राजश्री श्रेष्ठ र सीता पाठकले सँयुक्त रुपमा उद्घाटन गरेका छन् ।

आफुले व्युटी पार्लरसँग जोडिन पाउँदा निकै खुसी लागेको बताउँदै अभिनेत्री निताले बरिष्ट व्युटिसियन सुलोचना र उहाँको टिमले आफ्नो सुन्दरतामा अझ निखार ल्याउने विश्वास व्यक्त गरेकी छिन् । हरेक दिन जसो सुटिङ सहित विभिन्न औपचारिक कार्यक्रममा गईरहनु परेकाले नियमित रुपमा आफुलाई सुन्दर र तन्दुरुस्त राख्नु पर्ने पनि उनले बताईन् ।

उनले उद्घाटन समारोहलाई सम्बोधन गर्दै रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको सफलताको कामना समेत गरिन् ।

आगामी वर्ष ७ भदौसम्म आफुहरुले अभिनेत्री निताको सौन्दर्य अन्तर्गत हेयर केयर, स्किन, केयर, बडी केयर सहित सौन्दर्यसम्बन्धि सम्पूर्ण पक्षको केयर गर्ने रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सुलोचना श्रेष्ठले बताईन् ।

अभिनेत्री नितासँग आफुहरु जोडिन पाएकोमा खुसी व्यक्त गर्दै यो सहकार्य अत्यन्त सुखद हुने विश्वास जनाईन् । अहिले खरिबोटमा खुलेको नयाँ आउटलेट (पार्लर) बिगतका पर्लर भन्दा अझ सुविधा सम्पन्न भएको पनि उनले जानकारी गराईन् ।

उद्घाटन समारोहमा बरिष्ट व्युटिसियन डा. राजश्री श्रेष्ठले सुलोचना दक्ष व्युटिसियनसँगै सक्षम व्युटिसियन प्रशिक्षक भएकाले उनले अझ धेरैलाई गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरिन् । कार्यक्रममा अर्की अग्रज व्युटिसियन सीता पाठकले पनि रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको सफलताको कामना गरिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया