ग्रामसेवा माबिको नयाँ भवन पूर्व प्रम खनालद्धारा उद्घाटन


आर्थिकन्यूज

काठमाडौ, भदौ ४ । २०१९ सालमा स्थापना भएको ग्राम सेवा मा.बि.को नयाँ भवन उद्घाटन भएको छ । नेपाल युथ फाउण्डेशन मार्फन भौतिक संरचना निमार्ण गरिएको सो भुकम्प प्रतिरोधात्मक भवनको उद्घाटन पूर्व प्रधानमन्त्रि एवं नेकपाका बरिष्ठ नेता झलनाथ खनालले उद्घाटन गरेका हुन ।

ग्रामसेवा मा.वि.को एकाडेमिक ब्लकको नामाकरण गरिएको सो भवनको भैतिक संरचना निमार्णको लागत एक करोड तेह« लाख अन्ठाउन्न हजार आठ सय चौध रुपैया र ९६ सेट बेन्च , ८ पिस हाइट वोर्डमा आठ लाख अठासी हजार चार सय एघार रुपैया गरि कुल एक करोड बाहीस लाख सरचालिस हजार दुई सय पच्चिस रुपैयाँ खर्च भएको छ ।

आठवटा कक्षा कोठा रहेको सो भवन तारकेश्वर नगरपालिकाको मेयर रामेश्वर बोहोरा , नि।प्रधानाध्यापक श्याम लाल पाण्डे लगायतका रोहवरमा हस्तान्तरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशको सम्रग बिकाशका लागी शिक्षा नै मेरो दण्ड भएको हुँदा यसको बिकाश र बिस्तारका लागि सवै सरोकारवाला निकायहरु प्रतिबद्ध हुनुपर्ने र यसका लागी आफू र आफ्नो पार्टी गम्भीर रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया