अरुण काबेलीको नाफामा केहि सुधार


आर्थिकन्यूज
अरुण

काठमाडौं, साउन २८ । अरुण काबेली पावर लिमिटेड (Arun Kabeli Power Limited.)ले गत आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमास सम्ममा आईपुग्दा खुद मुनाफा १६ लाख रुपैयाँ नोक्सानमा रहेको छ । जुन गत वर्षको सोहि अवधिमा पनि २८ लाख रुपैयाँ नोक्सानमा नै रहेको थियो । गत वर्षको तुलनामा भने नोक्सान घटाएको छ ।

१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडाकोष १ करोड ५५ लाख रुपैयाँ नेगेटिभमा रहेको छ । जसको आम्दानी ३९ दशमलव ८१ प्रतिशतले बढेर १३ लाख रुपैयाँ रहेको छ । जसको संचालन मुनाफा ५५ प्रतिशतले वृद्धि गरी ९ लाख रुपैयाँ आर्जन गरेको छ ।

अरुण काबेली पावरको प्रतिशेयर नेटवर्थ ९८ दशमलव ९६ रुपैयाँ, तरलता अनुपात १ दशमलव १६ प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ३०२ दशमलव ०४ रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया