ओरिन्टल होटलको नाफामा २१ प्रतिशतले वृद्धि गरी कमायो २९ करोडमाथि


आर्थिकन्यूज

काठमाडौ, साउन २८ । ओरिन्टल होटल लिमिटेड (Oriental Hotels Limited.) ले गत आवको चौथो त्रैमास सम्ममा आईपुग्दा खुद मुनाफा २९ करोड २ लाख रुपैयाँ कमाएको छ जुन गत वर्षको सोहिअवधिको तुलनामा २१ दशमलव २० प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले २३ करोड ९४ लाख रुपैयाँ कमाएको थियो ।

९३ करोड ४२ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा भने १ अर्ब ११ करोड ९० लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ७ दशमलव १७ प्रतिशतले बढेर १ अर्ब ३ करोड १२ लाख रुपैयाँ पुगेको छ भने खर्च ४ दशमलव ४४ प्रतिशतले बढेर ७० करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

कम्पनी (OHL) को प्रतिशेयर आम्दानी ३१ दशमलव ०७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २० दशमलव ९८ गुणा, प्रतिशेयर नेटवर्थ २ सय १९ दशमलव ७९ र प्रतिशेयर बजार मुल्य ६ सय ५२ रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया