जेबिल्स फाइनान्सको २३ लाख कित्ता हकप्रद भर्ने आज अन्तिम दिन


आर्थिकन्यूज

काठमाडौं, साउन २८ । जेबिल्स फाइनान्स लिमिटेड (Jebils Finance Ltd.) ले २३ लाख ११ हजार ६५० कित्ता हकप्रद शेयर भर्ने आज सोमबार अन्तिम दिन रहेछ । प्रति साधारण सेयर एक सय रुपैयाँ अंकित उक्त हकप्रद शेयरको आगामी असार १० गतेदेखि साउन १३ गते सम्म भर्न पाउने गरी हकप्रद शेयर खुल्ला गरेको थियो । तर सबै शेयर बिक्री नभएपछि फेरि १५ दिन लाई समय थप गरिएको थियो ।

फाइनान्सले यही जेठ २२ गतेसम्म कारोबार गरेका शेयरधनीका लागि हकप्रद निष्काशन गरेको हो ।
यो संस्थाले १० कित्ता बराबर ४ कित्ता अर्थात १०ः४ को अनुपातमा हकप्रद दिने भएको छ । यो कम्पनीले हाल २८ करोड ८९ लाख ५६ हजार २५० रुपैयाँको चुक्ता पुँजी बढाउन हकप्रद जारी गरेका हो ।

यस (JFL) को हकप्रद शेयरको आवेदन बुझाउन सनराई बैंक लिमिटेड कमलपोखरी, जेलिल्स फाइनान्स, सनराईज बैंकका उपत्यका बाहिरका शाखा विराटनगर, पोखरा, विरगन्ज, विटवल र धनगढी तथा सी आश्वा प्रणाली लागू भएका सबै वित्तीय संस्था र तीनको शाखाबाट आवेदन बुझाउन सकिने छ ।

यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक सनराईज क्यापिटल लिमिटेड हो । यो फाइनान्सको पछिल्लो पटक नेप्सेमा प्रतिकित्ता ११० रुपैयाँका दरले कारोबार भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया