साना किसान विकासले कस्तो प्रगति गर्यो हेरौं !


आर्थिकन्यूज

काठमाडौं, साउन २८ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (Sana Kisan Bikas Laghubitta Bittiya Sanstha Ltd.) ले गत आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमास सम्ममा आईपुग्दा खुद मुनाफा ४० करोड ८ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा २१ दशमलव २२ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले मुनाफा ३३ करोड ६ लाख रुपैयाँ आर्जन गरेको थियो ।

६२ करोड ८८ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा १ अर्ब ३७ करोड ७५ लाख रुपैयाँ राखेको छ । जसले कर्जामा १६ अर्ब ८९ करोड १२ लाख रुपैयाँ लगानी गरेको छ । कम्पानीको खुद व्याज आम्दानी १९ दशमलव ५९ प्रतिशतले बढेर ७६ करोड ३२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफा १६ दशमलव ०२ प्रतिशतले बढेर ६० करोड १९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ६३ दशमलव ७५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ३ सय १९ दशमलव ०६ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १८ दशमलव २० गुणा र तरलता अनुपात १५ दशमलव ३८ प्रतिशत रहेको छ । कम्पनीको निस्कृय कर्जा शुन्य दशमलव ०४ प्रतिशत र पुँजीकोष अनुपात १० दशमलव ६४ प्रतिशत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया