नेकपाको सांगठानिक संरचनामा यसरी टुङ्गीने भयो


आर्थिकन्यूज

काठमाडौं, साउन २८ । नेकपाको सांगठानिक संरचनामा टुंगोे अहिलेसम्म लागको छैन । २०७५ भदौ ५ गनेभित्र सबै जनवर्गीय संगठनको एकता टुंगो लगाउने भनिएपनि अहिलेसम्म इन्जिनियरिङ संगठनबाहेक कुनै पनि संगठनले अन्तिमरुप दिन सकेका छैनन् ।

ती संगठनको विधान, सांगठनिक संरचना तथा नेतृत्वमा समेत सहमति जुटेको छैन । अहिलेकै अवस्था कायम रहने हो भने अबको एक हप्तामा ती संगठनको एकता टुंगो लाग्ने संम्भावना छैन । जनवर्गीय संगठनको एकता प्रक्रिया टुंगो लागेपछि प्रदेश र जिल्ला कमिटी टुंगो लगाउने तयारीमा छन् ।

पार्टीको संरचनामा अव पूर्वएमाले र पूर्वमाओवादीबीच ६० र ४० प्रतिशत आधारमा भागवण्डा हुने देखिएको छ ।
पार्टीका नेताहरुले प्रतिशतको कुरा नगरे पनि अहिले त्यही अवस्था देखिएको छ । अनौपचारिक सहमति पनि त्यही देखिएको छ ।

नेकपाको संघीय, प्रादेशिक र स्थानीय सरकार सञ्चालनमा देखा परेका सामान्य कमीकमजोरीलाई तिललाई पहाड बनाएर देखाउने प्रवृत्तिबाट सजग रहँदै पार्टीले विशेष योजना बनाएर सबै सरकारलाई प्रभावकारी काम गर्नसक्ने वातावरण बनाउनु पर्दछ ।

ऐतिहासिक परिवर्तनको नेतृत्व गरेको पार्टीले जनताको आर्थिक समृद्धिको नेतृत्व गरोस् भन्ने अपेक्षा राख्नु नितान्त स्वभाविक थियो ।

त्यही अपेक्षा पूरा होला भनेर नेपाली जनताले नेकपालाई मन खोलेर मत दिएका हुन् । आर्थिक समृद्धिको लागि परिवर्तनकारी आर्थिक नीति र सो नीति कार्यान्वयनमा पार्टीको नेतृत्वदायी भूमिका अपेक्षित छ ।

वर्तमान अवस्थामा नेपाली जनताले नेकपाभित्र संघर्ष र आरोप–प्रत्यारोप चाहेका छैनन् । एकता, पहलकदमी र रूपान्तरण चाहेका छन् । जनताले स्थायित्व, शान्ति र समृद्धि चाहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया