गुणस्तरहीन उत्पादन गर्ने ४ उद्योग, विभागको कारबाहीमा


आर्थिकन्यूज

काठमाडौं, साउन २६ । गुणस्तर मापदण्ड पूरा नगरेका ४ उद्योग कारबाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर बमोजिम उत्पादन नगर्ने नारायणी सिमेन्ट उद्योग प्रालि बारा, नारायणी माइक्रो पाइप उद्योग प्रालि बारा,नव नेपाल प्लाष्ट्रिक प्रालि रुपन्देही र ओडट फुड एण्ड विभरेज प्रालि काठमाडौंलाई कारबाही गरेको हो ।

कारबाहीमा परेका उद्योग गुणस्तर बमोजिम नरहेकाले कारबाही गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । कारबाही गरिएका ४ मध्ये तीन उद्योगको इजाजतपत्र स्थगित गरिएको छ । साथै ओडट फुड एण्ड विभरेज प्रालिविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँमा मुद्दा समेत दायर गरेको विभागले जनाएको छ ।

नारायणी सिमेन्ट उद्योगले उत्पादन गर्दै आएको सिमेन्ट नेपाल गुणस्तरबमोजिम नरहेको, नारायणी माइक्रो पाइप उद्योग प्रालिले गुणस्तर बमोजिम पाइप उत्पादन नगरेको, नवनेपाल प्लाष्ट्रिक प्रालि रुपन्देहीले नेपाल गुणस्तर बर्खिलाप हुनेगरी सेतो दाना प्रयोग गरेको र ओडट फुड एण्ड विभरेज प्रालि काठमाडौँले नेपाल गुणस्तर चिह्न अनुचित रुपमा प्रयोग गरेको पाइएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया