सुशीलालाई लोकमानको १० करोड ‘गोडधुवा’, अयोग्यताको आरोप लागेपछि लोकमानले गरे अनेक तिकडम


आर्थिकन्यूज

काठमाडौं, साउन २६ । अख्तिायार दुरुपयोग अनुसन्धान आयेगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूहरुविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड गोडधुवा दिन खोजेको खुलासा भएको छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्काीका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक विमान विद्रोह मार्फत लोकमानले घुसको प्रलोभन दिएको खुलेको हो ।

‘टोलीमा आएको एकजनाले मलाई सुनायो, चाँदीको खुड्केलोमा राखेर गोडा धुने रे ? अर्कोले मलाई छेउमै बोलाएर भन्यो, बाहिर गेटमा रोकिएको गाडीमा १० करोड गोडधुवा छ ।’ सुवेदीको पुस्तकमा उल्लेख छ, लोकमान भन्ने मान्छे कति खतरनाक र खुराफाती रहेछ भन्ने मलाई थाहा भयो ।

पुस्तकको यो प्रसंगले ठूलो मुद्दामा प्रधानन्यायाधीश र न्यायाधीशलई प्रभावमा पार्न दिइने प्रलोभन र दबाब उजागर गरेको छ । प्रधानन्यायाधीश निवासमा बस्दा सबभन्दा ठूलो सकसचाहिँ लोकमानको मुद्दा आएपछि भएको सुवेदीले लेखेका छन् । अख्तियार प्रमुख लोकमान सिंह कार्कीको योग्यता पुग्दैन, उनी अयोग्य हुन भनेर मुद्दा परेको थियो ।

जनआन्दोलन दबाउने काममा पनि सक्रिय भएकाले उनलाई अयोग्य भनिएको थियो । तर, न्यायधिश गोपाल पराजुली लगायतको इजलाशले उनलाई चोख्याइदिएपछि यसमा पुनरावेदन परको थियो । ततकालिन प्राधन न्यायधीश शुशीलाले यो मुदालाई निस्सा दिएर पुनरावलोकनमा पठाएकी थिइन् ।

लोकमानको अयोग्यतामाथि फेरि बहस हुन लागेको र उनलाई महाअभियोग लगाउनुपर्ने भन्दै त्रिवि शिक्षण अस्पताल महारागजन्जका डा. गोविन्द केसीको नेतृत्वमा आन्दोलन सुरु भइसकेको थियो ।  त्यो बेलादेखि नै लोकमानले प्रधानन्यायधीशलाई आफ्नो प्रभावमा पार्न अनेक तिकडम गर्न थालेको पुस्तकमा उल्लेख छ । नागरिक दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया