पौने ३ अर्बको बोनस शेयर स्वीकृत


आर्थिकन्यूज
bonus

काठमाडौं, साउन २५ । चालू आर्थिक वर्ष २०७५/७६ को पहिलो महिना अर्थात साउनमा ६ वटा कम्पनीको बोनस शेयर नेपाल धितोपत्र बोर्डमा दर्ता भएका छन् । आव २०७३/७४ को नाफाबाट ती कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्न बोर्डमा आवेदन दिएका हुन् ।

हालसम्म २ अर्ब ७५ करोड ५७ लाख २२ हजार ३९२ रुपैयाँ बराबरको २ करोड ७५ लाख ५७ हजार २२३ दशमलव ९२ कित्ता बोनस शेयर धितोपत्र बोर्डले स्वीकृत गरेको छ । बोर्डबाट बोनस शेयर प्रदान गर्न अनुमति पाएकामा सिद्धार्थ बैंकको ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँबराबरको ९५ लाख ५६ हजार ५६४ दशमलव शून्य २ कित्ता बोनस शेयर र हिमालय बैंकको २५ प्रतिशत अर्थात १ अर्ब ६२ करोड २९ लाख ५ हजार ९ सय रुपैयाँबराबरको १ करोड ६२ लाख २९ हजार ५९ कित्ता बोनस शेयर रहेको छ ।

त्यस्तै सूर्योदय लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत अर्थात ७६ हजार कित्ता बराबरको ७६ लाख रुपैयाँ, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ८ दशमलव ६१ प्रतिशत अर्थात ४ करोड १७ लाख ४६ हजार १२० रुपैयाँको ४ लाख १७ हजार ४६१ दशमलव २० कित्ता, युनाइटेड फाइनान्सको १९ प्रतिशत अर्थात १२ करोड ७८ लाख १३ हजार ९७० रुपैयाँ बराबरको १२ लाख ७८ हजार १३९ दशमलव ७० कित्ता बोनस शेयर धितोपत्र बोर्डमा स्वीकृत भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया