बंगलादेशसँग विद्युत् खरिद बिक्री गर्ने समझदारी


आर्थिकन्यूज

काठमाडौं, साउन २५ । नेपाल र बंगलादेशबीच विद्युत विकास तथा आदानप्रदान र प्राविधिक सहयोगमा सहकार्य गर्ने गरी ‘इनर्जी को–अपरेसन’ मा समझदारी भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शुक्रबार भएको छलफल कार्यक्रमपछि एमओयूमा हस्ताक्षर भएको हो ।

एमओयूमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र उनका बंगलादेशी समकक्षी तनसरुल हमिदले हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा विद्युत उत्पादन, ग्रिड कनेक्टिभिटी, ऊर्जा दक्षता, नवीकरणीय ऊर्जा तथा जलविद्युत विकासमा सहकार्य हुने उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया