७ अाेटा बहरसहित ८ ओटा गोरु नियन्त्रणमा


आर्थिकन्यूज

काठमाडौं, साउन २५ । प्रहरीले अबैध रुपमा भारत तर्फ लादै गरेको गोरु सहित एक मिनि ट्रकलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ । मिनि ट्रकमा लोड गरि श्रीअन्तु र मानेभञ्जाङ एरियाबाट भारत लादै गरेको मे १ च ४२६८ नम्बरको ट्रक सहित गोरु नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक राजन ओलीका अनुसार श्रीअन्तुबाट ७ वटा बहर १ पाडा र मानेभञ्जाङबाट ८ वटा गोरु नियन्त्रणमा लिइएको बताए ।

साथै ७३ पिस लेडिज कपडा र १९३ डण्डा चुरोट समेत बरामद गरिएको छ । ट्रकका चालकलाई समेत नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरमा नयाँ इन्सपेक्टरको रुपमा आएका ओली अबैध कृयाकलाप बिरुद्ध आक्रमक बनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया