जैविक सौर्य ब्याट्री परीक्षणमा महत्त्वपूर्ण सफलता


आर्थिकन्यूज
Photo:BBC

एजेन्सी, साउन २५ । चिनियाँ अनुसन्धानकर्ताहरूले सौर्य ऊर्जा निकाल्नका लागि प्रयोग गरिने नयाँ पुस्ताका सौर्य ब्याट्रीको परीक्षणमा महत्त्वपूर्ण सफलता हासिल गरेको बताएका छन्।

निर्माताहरूले यसअघि लामो समयसम्म सूर्यको प्रकाशलाई विद्युतमा बदल्नको लागि निकै प्रभावकारी पाइएको सिलिकनको प्रयोग गरी सोलार प्यानलहरू बनाइरहेका थिए।

अहिले चाहिँ कार्बन र प्लास्टिकको प्रयोग गरी बनाइएका जैविक फोटोभोल्टेकहरूले निकै कम मूल्यमा विद्युत उत्पादन गर्न सम्भव हुने नयाँ अनुसन्धानले देखाएको छ। त्यो अध्ययन अनुसार जैविक पदार्थहरू सिलिकन जत्तिकै प्रभावकारी हुन्छन्।

जैविक ब्याट्री भनेको के हो ?

नयाँ ब्याट्रीलाई जैविक भनिनुको कारण यो होस् यस्तो ब्याट्री बनाउनका लागि सिलिकनको सट्टा कार्बनजन्य सामग्रीको प्रयोग गरिन्छ। हामीले देख्दै आएको चारकुने ठोस सोलार प्यानलहरू घरको छाना वा खुल्ला स्थानमा निश्चित स्थानमा जडान गर्ने गरिएको छ।

जैविक फोटोभोल्टेकहरू चाहिँ मसिमा मिसाउन सकिने पदार्थबाट बनाउन सकिन्छ। ती सजिलै पातला प्लास्टिकको मुठामा छाप्न सकिन्छ र बङ्ग्याएर विभिन्न संरचना र कपडामा ढाल्न सकिन्छ।

ती कम प्रभावकारी हुन्छन् कि भने चिन्ता अब हट्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। व्यवसायिक फोटोभोल्टेकहरूले १५ देखि २२ प्रतिशत सूर्यको प्रकाशलाई प्रयोग गर्न सकसिने विद्युतमा बदल्न सक्छन्।

आशावादी
त्यसबाट सन् २०१६ मा जापानमा २६ प्रतिशत सूर्यको प्रकाशलाई विद्युतमा बदल्न सकिएको थियो। अब जैविक फोटोभोल्टेकहरूबाट पनि सूर्यको प्रकाशलाई विद्युतमा बदल्ने दर निकै बढेको पाइएको बताइएको छ। गत एप्रिलमा अनुसन्धानकर्ताहरूले सफलताको दर १५ प्रतिशत पाइएको बताए।

नयाँ अध्ययनमा त्यो दर १७ प्रतिशत पुगेको पाइएको अनुसन्धनकर्ताहरूको भनाइ छ। उनीहरू विश्वस्त छन् त्यो दर भविष्यमा २५ प्रतिशत सम्म पुग्न सक्छ। बीबीसीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया