स्वदेशी लघुवित्तलाई शतप्रतिशत हकप्रद बिक्री गर्ने अनुमति


आर्थिकन्यूज
स्वदेशी लघुवित्त

काठमाडौं, साउन २५ । स्वदेशी लघुवित्त वित्तीय संस्था (Swadeshi Laghubitta Bittiya Sanstha Limited.) ले १०० प्रतिशत हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति पाएको छ । स्वदेशीले १ बराबर १ अनुपातमा अर्थात शत प्रतिशतले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

कम्पनीको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।

हाल ११ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको स्वदेशीले हकप्रद बिक्रीपछि चुक्ता पुँजी २३ करोड रुपैयाँ पुर्याउने छ ।

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमासमा खुद मुनाफा ३ करोड ७७ लाख रुपैयाँ कमाएको छ,जुन गत वर्षको सोहि अवधिको सोहिअवधिको तुलनाभन्दा ५७ दशमलव ४० प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा २ करोड ३९ लाख रुपैयाँ कमाएको थियो ।

११ करोड रुपैयाँ चुक्ता पुँजी भएको स्वदेशी लघुवित्तले जगेडाकोषमा ५ करोड ३ लाख रुपैयाँ छुटाएको छ । निक्षेप ६२ करोड ९६ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा २ अर्ब १८ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ । यसको खुद व्याज आम्दानीमा २५ दशमलव ६४ प्रतिशतले वृद्धि गरी १४ करोड ७३ लाख रुपैयाँ पुर्याएको छ भने संचालन मुनाफा ५९ दशमलव ४५ प्रतिशतले वृद्धि गरी ५ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

स्वदेशी लघुवित्तको निष्कृय कर्जा १ दशमलव २१ प्रतिशत, पूँजिकोषको अनुपात १० दशमलव ०३ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ३२ दशमलव ०८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४३ दशमलव ७८ रुपैयाँ र तरलता अनुपात १२ दशमलव ६६ प्रतिशत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया