अपर तामाकोशीको आईपीओ भर्ने म्याद एक साता थप


आर्थिकन्यूज

काठमाडौं, साउन २५ । अपर तामाकोशी हाइड्रोपावरको आर्इपीओमा काठमाडौंबाट आवेदन दिने म्याद ७ दिन थप भएको छ । अब भदौ १ गतेसम्म काठमाडौं उपत्यकामा बस्ने दोलखाबासीले आवेदन दिन पाउनेछन् । दोलखा जिल्लाबाटै भने भदौ १४ गतेसम्म भर्न सकिन्छ ।

तामाकोशीले १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर स्थानीयका लागि खुला गरेको हो । स्थानीयपछि सर्वसाधारणलाई शेयर जारी गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया